जनजाति पत्रकार महासंघ युएई च्यापटरको गठन

जनजाति पत्रकार महासंघ युएई च्यापटरको गठन

  • शनिबार, माघ १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

दुबई, युएई । युएईमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ युएई च्यापटरको गठन प्रक्रिया शुरु भएको छ । आदिवासी जनजातिहरुको मुद्दा र समाचारहरुलाई मुलधारका भनिएका संचारगृह र संचारकर्मीहरु द्वारा न्यायोचित स्थान नदिएको, स्थान दिई हाले पनि मुख्य मुद्दा र बिषयहरु पाखा लगाइ अपुरो सन्देशहरु मात्र प्रवाह भैरहेको हुनाले आदिवासी जनजातिहरु मुद्दा र गतिविधीहरुलाई प्रभावकारी रुपमा सबै समक्ष पुर्‍याउन आदिवासी जनजातिहरुको छुट्टै संयन्त्रको आवश्यकता महसुस गर्दैच्यापटरको गठन प्रक्रिया शुरु गरिएको हो ।

नेपाली आदिवासी जनजाति पत्रकार महासंघ, युएई च्याप्टरको आज युएईमा जग हालिएको छ । नेपाल आदिवासी जनजाति महासंघ युएईका प्रथम उपाध्यक्ष पासाङ शेर्पाको संयोजकत्वमा युएईको दुबई स्थित याक एन्ड यति रेस्टुरेन्टमा सात सदस्यीय तदर्थ समिति गठन भएको छ ।

उक्त तदर्थ समितिको उपसंयोजकमा तिलक साम्पाङ राई, सचिवमा धनेन्द्र मास्की राना, कोषाध्यक्षमा सोनिया इङ्नाम तथा सदस्यहरुमा नुरु शेर्पा, हर्कमणी राई र इन्द्र गुरुङ रहेका छन ।

भर्खर गठन भएको तदर्थ समितिले सचिव धनेन्द्र मास्की रानाको संयोजकत्वमा ३ सदस्यीय विधान मस्यौदा समिती समेत बनाएको छ, जसको सदस्यहरुमा नेफिन युएईका भुतपुर्व अध्यक्ष पि एस निङ्लेकु र नेफिन युएईका द्वितीय उपाध्यक्ष सुरेन्द्र थिङ रहेका छन, बिधान मस्यौदा समेतले २ हप्ता भित्र तदर्थ समितिमा बिधानको मस्यौदा पेश गर्नेछ र उक्त बिधान पारित भएको २ महिना पछि तदर्थ समितिले सदस्यता विस्तार गरि पहिलो अधिवेशन गराउने समेत जानाकारी प्राप्त भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी