जापानबासि घलेहरुले नयॉ बर्ष (ल्होसर) टोक्योमा  सम्पन्न

जापानबासि घलेहरुले नयॉ बर्ष (ल्होसर) टोक्योमा  सम्पन्न

  • शनिबार, माघ ८, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

टोकियो जापानमा रहेका घलेहरुको साझा संस्था लि: ल फङ (घले समाज) समाजको आयोजनमा जनवरी १५ तारिक (माघ १ गते )बिभिन्न कार्यकमगरी घले नयॉ वर्ष ल्होसरको सम्पन्न भएको छ ।

लि:ल फङ घलेसमाज जापान गठन भएको एक बर्ष पुरा भएको तथा जापानमा रहेको संघ संस्थाहरु विच भाईचारा सम्बन्ध बढाउने उदेष्यले विविध सांस्कृतिक कार्यकम सहित शुभकामना आदन प्रदान गरि यस बर्षको नयॉ बर्ष ल्होसर समाजसेवी बिजय थकालिको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ल्होसरको उद्धाटन गर्दै थकालिले समाज समाजको एकताले मौलिक संस्कृति ज़र्गेर्न गदै प्रवासमा नेपालि नेपालिका विच एकता हुनु पर्नेमा जोड़ दिनु भयो ।

घले समाज जापानका अध्यक्ष पूर्ण बहादुर घलेको सभापतित्वमा सम्पन्न भएको ल्होसर कार्यकममा कार्यकमको संयोजक मनोज घलेले स्वागत तथा मोहन घलेले संचालन गर्नु भएको थियो ।

ल्होसरलाई भब्यतका साथ सम्पन्न गर्न मनोज घलेको संयोजकत्वमा नौ सदस्यीय समिति गठन गरिएको थियो । लि:ल फङ घलेहरुको नयॉ बर्ष ल्होसारमा जापानका गुन्मा,ईवराकि,खानागावा,सेन्दाई,साईतामा, नागोया लगायत स्थानहरुबाट घले परिवर सहित जापानमा कूयसिल संघ संस्थाको सहभागिताको समाजका अध्यक्ष पुर्ण बहादुर घलेले बताउनु भयो ल्होसर कार्यकम यहि जनवरी १५ तारिक सिनओकुबो स्थित टोक्यो रोधि घरमा सम्पन्न भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी