पाल्पाली समाज युएईद्धारा एक लाख २५ हजार सहयोग

पाल्पाली समाज युएईद्धारा एक लाख २५ हजार सहयोग

  • बिहिबार, माघ ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

युएई, ६ माघ । दुबईमा ज्यान गुमाएका दुई युवाको परिवारलाई पाल्पाली समाज युएईले एक लाख २५ हजार राहत रकम सहयोग गरेको छ ।
रोजगारीका लागि दुबई गएका रामपुर नगरपालिका–११ का बाबुराम विक र रामपुर–४ रजघराका माधव गैरेको परिवारलाई राहत रकम सहयोग गरेको हो ।
बाबुरामका छोरा रोशन र छोरी मनिषा विकको नाममा अन्धकार मुक्ति बचत तथा ऋण सहकारीमा रु ५०÷५० हजारको अक्षयकोष स्थापना र काजक्रिया खर्चबापत रु २५ हजार गरी रु एक लाख २५ हजार रकम प्रदान गरेको छ ।
अर्का ज्यान गुमाएका माधवका ठूलोबुबा यज्ञमुक्ति घिमिरेलाई नगद रु ७५ हजार पाल्पाली समाज युएई फुजेराका क्षेत्रीय अध्यक्ष इन्द्रबहादुर घर्तीले राहतस्वरुप रकम हस्तान्तरण गर्नुभयो ।
रोजगारका लागि दुबई गएका विकको गत भदौ महिनामा र गैरेको गत मङ्सिर ६ गते निधन भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी