युएई १६ ,जनवरी।
अन्तराष्ट्रिय उर्जा सम्मेलनमा भाग लिनको लागी युएई भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड० तथा उर्जामन्त्री जनार्दन शर्मा ९प्रभाकर०को सम्मानमा नेपाली जनप्रगतिशील मञ्च युएईले आयोजना गरेको भेटघाट तथा रात्रिभोज कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाली जनप्रगतिशील मञ्च युएईले आयोजना गरेको भेटघाट तथा रात्रीभोज कार्यक्रममा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल, माननिय उर्जामन्त्री जनर्दन शर्मा, पराराष्ट सचिब शंकर बैरागी, नेपाली राजदुतावास आबुधावीका कार्यबाहक राजदुत नेत्र बहादुर टन्डन लगायत प्रधानमन्त्रीका भ्रमण टोलीका सदस्यहरुको उपस्थिती रहेको थियो ।
युएईमा रहेका बिभिन्न संघ संस्थाका प्रमुख, समाजसेवी, ब्याबसायी, पत्रकार लगाय उपस्थितीमा युएईको दुबई स्थित एच होटलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले युएईमा रहेका नेपाली मजदुरहरुको बिभिन्न खाले समस्याहरुको समधान गर्नको लागी आफुले कुनै कसर बाँकी नराख्ने बताउनु भयको छ ।
यस्तै हत्याको आरोपमा बिगत १४ बर्ष देखी युएईको कारागारमा रहेका अमर बहादुर बमको बारेमा युएईको सरकार संग तत्काल कुरा राख्ने बताउदै प्रधानमन्त्रीले दुबईमा कन्सुलर खोल्ने बिगतको योजनालाई पुरा गर्न सम्बन्धित निकाय संग छलफल गरि काम सुचारु गर्ने बताउनु भयो ।
अहिले रेमिटेन्सको भरमा देश चलेको र त्यही रेमिटेन्स भित्राउने नेपाली दाजुभाई दिदीबहिनीहरुलाई मोटो रकम लिएर भिजिट भिषा मार्फत सेटिङ्ग मिलाएर बिदेश पठाई अलपत्र बनाउने कर्मचारीलाई आफु नेपाल फर्किने बितिकै छानबिन गरि कार्बाही गर्ने बतउनु भयको छ ।
यस्तै उहाले युएइ मा कार्यरत नेपाली कामदार को पारिस्रमिक बढाउने ,घरेलु कामदारका रूपमा आयका महिलाको सुरक्षा र पारिस्रमिक बढाउने ,युएइ का जेलमा रहेका नेपाली को अबस्था बुझी माफी दिलाउन पहल गर्न लगायत का प्रस्ताव युएइका उच्च अधिकारि सङ को भेटघाटमा राख्ने बताउनु भयको छ ।
नेपाली राजदुतावास अबुधाबीको सहकार्यमा नेपाली जनप्रगतिशील मञ्च युएईको आयोजनामा भएको भेटघाट तथा रात्रिभोज कार्यक्रममा उर्जामन्त्रि जनार्दन शर्माले बिदेशमा बसेर कमाएको रकम उर्जामा लगानी गर्ने बातावरण बनाउन आफुहरु लागी परिरहेको बताउदै अहिलेकै हिसाबले काम अगाडी बढेमा अबको केहि बर्ष भित्रमा देश लोडसेडिङ मुक्त हुने बताउनु भयो । कार्यक्रमको अन्तमा युएईमा क्रियासिल बिभिन्न संघ संस्थाका प्रमुखहरुले युएईमा रहेका नेपालीहरुको समस्याहरु दर्शाउदै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझएका थिए भने प्रधानमन्त्री ले प्राप्त गुनासो तथा समस्या बारे नेपाल गय लगत्तै छानबिन गरि समस्या समाधान गर्न आफू तयार रहेको प्रतिबद्धता समेत व्यक्त गर्नु भएको छ ।
झन्डै दुई घन्टा लामो कार्यक्रममा युएइ मा रहेका नेपाली व्यावसायि ,श्रमिक तथा विभिन्न संघ सस्थाका प्रतिनिधि हरुले नेपाली हरुका समस्या बारे प्रधानमन्त्री लाई ध्यानाकर्षण गरायका थिए ।
