नेपाली विद्यार्थी रोशा पौडेल लाई अमेरिकी अवार्ड

नेपाली विद्यार्थी रोशा पौडेल लाई अमेरिकी अवार्ड

  • सोमवार, पुस २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडौँ, २५ पुस । नेपाली विद्यार्थी रोशा पौडेललाई फ्लोरिडा विश्वविद्यालयले उत्कृष्ट अन्तर्रा्ष्ट्रिय पुरस्कार ‘एलिस कर्टिल्स अवार्ड–२०१६’ प्रदान गरेको छ ।

काठमाडौँ बानेश्वरकी २८ वर्षीया पौडेलले ‘एलिस कर्टिल्स अवार्ड–२०१६’ प्राप्त गर्नुभएको हो ।

पौडेल सन् २०११ मा फ्लोरिडामा भर्ना भई हाल ‘बायो केमेस्ट्री र मेलिकुलर बायोलोजी’ विषयमा विद्यावारिधि गरिरहनुभएको छ । विद्यावारिधिको शोधार्थी पौडेलको भविष्यमा क्यान्सरसम्बन्धी अनुसन्धान गर्ने लक्ष्य रहेको बताउनुभएको छ ।
काठमाडौँ युनिभर्सिटी हाईस्कुल धुलिखेल (काभ्रे) बाट प्रवेशिका गरेकी पौडेलले मल्पी इन्स्टिच्युट लाजिम्पाटबाट गणित बायोलोजी र केमेस्ट्रीमा ‘ए’ लेवल गर्नुभएको थियो । उहाँले अमेरिकाकै भर्जि्नियास्थित रेन डोल्फ कलेजबाट बायोलोजी र गणितमा बिएस्सी गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी