युएई २ जनावरी।
“स्वतन्त्र, प्रवासी श्रमजिबी पत्रकारहरुको पक्षमा हाम्रो अभियान, जनपक्षिय पत्रकारीताका लागी प्रथम सम्मेलन” भन्ने मुल नाराका साथ प्रेस सेन्टर नेपाल युएई शाखा को प्रथम सम्बेलन गत आइतबार सप्पन्न भएको छ । युएईको दुबई राज्य स्थित एक होटलमा भएको प्रथम सम्बेलनमा अनिस तामाङको अध्यक्षतामा २ सदस्य पछि थप्ने गरी १५ सदस्यीय कार्य समिति चयन गरेको छ ।
जस्को उपाध्यक्षमा छबि गिरी, सचिब सुशन आचार्य, सहसचिब अन्जुली लोप्चन, कोषाध्यक्ष चन्द्र सागर लामा र सदस्यहरुमा बिजय गरुङ, ईन्द्र सिन्चुरी, मोहन स्याङतान, राजु थापा, राम चन्द्र अधिकारी, गुरु प्रसाद, बुद्ध लामा, गगन बिक चयन भएका थिए ।
युएईमा रहेका नेपाली मजदुरहरुको बिभिन्न समस्याहरुलाई मध्य नजर गर्दै आगमी दिनहरुमा नेपाली दाजुभाई दिदिबहिनीहरु लाई परेको बिभिन्न समस्याहरुमा हातेमालो गर्दै अगाडी बढने प्रतिबद्धता जाहेर गर्दै नबगठित कार्य समितिका अध्यक्ष अनिस तामाङले आफ्नो अनुकुलताले भ्याए सम्म श्रमजिबी मजदुर हकहितको लागी निरन्तर कलम चलाउने र समितिका अन्य साथीहरुलाई पनि सक्रिय बनाउदै निरन्तर अगाडी बढाउनका लागी लागीपर्ने बताएका थिए ।
यस्तै कार्यक्रममा मंच यु ए इ का अध्यक्ष तथा पार्टी केन्द्रिय सदस्य हेमन्त पौडेल ,नेपाल पत्रकार महासङ का केन्द्रिय प्रतिनिधि ,हरि नेपाली नेपाल पत्रकार महासङ का अर्का सदस्य उत्तम बिक लगायत विभिन्न मिडियामा आबद्ध ब्यक्तित्व हरुको को समेत बाक्लो उपस्थिति रहेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
