चोखालले रिपोर्टर्स क्लव नेपाल जापान शाखाको नेतृत्व लिए

चोखालले रिपोर्टर्स क्लव नेपाल जापान शाखाको नेतृत्व लिए

  • मङ्लबार, पुस १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

 जापान ( टोकियो) – रिपोर्टर्स क्लव नेपाल जापान शाखाको अध्यक्षमा सन्तोष चोखाल मनोनीत भयका छन । चितवनको कालिका एफएमबाट पत्रकारिताको यात्रा सुरु गरेका चोखालले रिपोर्टर्स क्लवको नेतृत्व लिएसंग़ै स्थापनाक़ालीन अध्यक्ष रहेका नेपाल जापान विद्यार्थी समाजबाट भने विज्ञप्ति प्रकाशन गर्दै राजिनामाको घोषणा गरेका छन । उनले भने – ” पद नै ठूलो कुरा होईन , ज़िम्बेवारी ठूलो कुरा हो । म जहाँ भय पनि मैले सही तरिकाले ज़िम्बेवारी निभाऊन सक़्नुपर्छ । त्यसैले मैले नेपाल जापान विद्यार्थी समाजको नेतृत्व साथीहरूलाई हस्तान्तरण गर्ने चाहेको हो ।

हामी युवाहरूबाटै हरेक कुराको सुरुवात होस भन्ने पनि मेरो चाहाना हो । एक व्यक्ति २ ठाऊमा नेतृत्व गरेर बस्नु त्यती राम्रो पनि होईन ” चितवनको कालीका एफएमबाट , रेडियो यात्राबाट पत्रकारीता सुरु गरेका चोखालले हाल जापानबाट नेपालको पहिलो अनलाईन टेलीभिजन ‘ टिभी अन्नपूर्ण’बाट प्रसारण हुदै आएको कार्यक्रम ” टक शो जापान ” समेत प्रस्तुत गर्दै आएका हुन । चोखालले भनेका छन विद्यार्थी समाजको नेतृत्वबाट विदा लिए पनि सदा सर्वदा समाजप्रति उत्तरदायित्व हुदै विद्यार्थीका पक्षमा काम गर्ने छु ।

उनले हामीसंगको छोटो कुराकानीमा भने – रिपोर्टर्स क्लवबाट अबको मेरो मिसन भनेको सहि , सत्य तथ्य जानकारी दिनु हुनेछ र जापानमा रहेको नेपाली समुदायलाई सही सूचना प्रवाह गर्दै समाजमा रहेका नराम्रा कुरा बाहिर ल्याउन जोड़तोड़ले लाग़्नेछु । जापानमा चोखालको कार्यकालमा नेपाल जापान विद्यार्थी समाज अत्यन्तै सक्रिय संस्था मानिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी