पोल्यान्ड।
नेपाली जनसंपर्क समिती पोल्यान्डको आयोजनामा पोल्यान्डको वारसवामा नेपाली चर्चित फिल्म छक्का पन्जा प्रदर्शन भएको छ । नेपाली जनसंपर्क समितिकी सभापति डा एलिनी पोखरेल सुवेदीको सभापतित्वमा सम्पन्न कार्यक्रममा एन आर एन पोल्यान्डका अध्यक्ष डा श्री बोध राज सुवेदी प्रमुख अतिथी अतिथिहरु इनास पोल्यान्डका अध्यक्ष श्री श्रीकृष्ण न्यौपाने एन आर एन पोल्यान्डका वरिष्ठ उपाध्यक्ष श्री मित्र लाल पार्दे लगायतकाले आ आफ्नो शुभकामना सन्देश दिनु भएको थियो । पोल्यान्डको ईतिहासमै पहिलोपटक नेपाली फिल्म प्रदर्शन गराएकोमा आयोजकलाई आभार व्यक्त गरिएको थियो ।
पहिलो चरणको शुभकामना कार्यक्रमको सन्चालन जन संपर्क समिती पोल्यान्डका महामन्त्री श्री नारायण चालिसेले गर्नु भएको थियो भने कार्यक्रमा शुभकामना मन्तब्य उप सभापति श्री जीवन के सीले दिनु भएको थियो । कार्यक्रम व्यवस्थापना गर्नमा विशेष भूमिका निर्वाह गर्नेहरु श्री सुरज कार्की , नरेश सापकोटा रामचन्द्र न्यौपाने रिता न्यौपाने लगायतकालाई डा श्री मति एलिनी पोखरेल सुवेदीले आभार व्यक्त गर्नु भएको थियो ।
स्मरण रहोस् उक्त कार्यक्रममा हालै वारसवामा ” युवा वैज्ञानिक २०१६” बाट सम्मानित टि पि अधिकारीलाई बधाई पनि दिईएको थियो ।
दोश्रो चरणमा नेपाली फिल्म छक्का पन्जा प्रदर्शन गरिइएको थियो । हाउस फुल हुने गरी पोल्यान्ड बस्ने नेपाली दर्शकहरु जम्मा भएर उक्त फिल्म बाट भरपुर मनोरन्जनप्राप्त गरेका थिए । फिल्ममा बिदेशिदा गाउले भोग्नु परेको सामाजिक पिडा र बिदेश नजादा भोग्नु परेको सामाजिक पिडालाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ । हास्य पात्रहरुको भूमिकाले पनि फिल्मलाई बडो आकर्षक ढंगले प्रस्तुत गर्दा दर्शकहरु पुरै मनोरन्जन प्राप्त गरेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
