युएई,३० मंसिर ।
जाजरकोट जिल्लाको एक बिपन्न परिवारमा बिपत आइलागेको घटना सार्वजनिक भयपछी उक्त परिवारलाइ रोल्पाली युवा समाज मलेसियाले आर्थिक सहयोग गरेको छ ।
चारजना बालबालिका रहेको उक्त परिवारमा एक मात्र अभिभावक रहेका बुवाको मृत्यु भयपछी ती बालबालिका को भबिस्य अन्धकार देखियको भन्दै सबैमिली सहयोग गर्न अभियान नै सुरु गरियको जानकारी समाजका अध्यक्ष दिपक संघर्सले दियका छन ।
दलित समुदाय त्यस भित्र पनि अभिभावक बिहिन भै आर्थिक स्रोतको कुनै आधार नभएको देखिय पछि चारजना बालबालिकाको शिक्षा स्वास्थ एवं भविस्य समेत अन्धकारमा पर्नेभयकोले बालबालिकाको भबिस्य निर्माण मा सहयोग गर्न उद्देश्य सहित चौतर्फ सहयोगको आह्वान भैरहेको भैरहेको जानकारी दिपकले फोन सम्पर्क मार्फत दियका छन ।
उनका अनुसार नेपालका केहि सहर बाहेक अधिकाम्स ग्रामीण भेग र बिकट छेत्रमा अझै छुवाछूत र भेदभाव बाकी रहेको भन्दै यस्ता कुरितिको जरै देखि अन्त्य गर्दै बिपतमा परि अभिभावक बिहिन भयका परिवारका लागि राज्यले समेत ध्यान दिनुपर्ने उनको भनाइ छ । केहि महिना अघिमात्रै गठन गरिएको रोल्पाली समाजले पहिलो पटक सामाजिक कार्य अन्तर्गत पिडित परिवारलाई सहयोग गरेको जानकारी अध्यक्ष दिपक दियका छन !
समाजले सहयोग अभियान चल्दै गर्दा केहि दिनको लागि खाना र ती बाल बच्चा लाई स्कुल जान बाट बन्चित हुन नपर्न गरि तत्कालको लागि झन्डै पाच हजार पठाइ सकेको र अरु थप सहयोग एकमुस्ट रूपमा सङकलन गरि पठाउने तयारी रहेको बतायका छन ।