हिमालयन शेर्पा सांस्कृतिक केन्द्रको अन्तराष्ट्रिय शाखा पोर्तुगल गठन

हिमालयन शेर्पा सांस्कृतिक केन्द्रको अन्तराष्ट्रिय शाखा पोर्तुगल गठन

  • शनिबार, मंसिर ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

नोभेम्बर १४ /लिस्बोन – शेर्पा समूदायको भाषा, कला संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्नका लागि वि.सं. २०४९ सालमा काठमाण्डौंमा स्थापित सामाजिक संस्था हिमालयन शेर्पा सांस्कृतिक केन्द्रको अन्तराष्ट्रिय शाखा पोर्तुगलको औपचारिक गठन भएको छ ।
आईताबार पोर्तुगलको राजधानी लिस्बोनमा आयोजित एक भेलाले हिमालयन शेर्पा सांस्कृतिक केन्द्र काठमाण्डौंका भुतपुर्व सचिव समेत रहेकी श्रीमती आङ छिरिङ शेर्पाको अध्यक्षतामा २३ सदस्यीय कार्यसमिति चयन गरिएको छ । हिमालयन शेर्पा सांस्कृतिक केन्द्र काठमाण्डौंले पोर्तुगलमा शाखा विस्तारको अनुमति प्रदान गरेर गठन भएको समितिको उपाध्यक्षहरुमा श्री सोनाम शेर्पा “कोसिश”(दोलाखा), श्रीमती आङ काण्डु शेर्पा(सोलुखुम्बु) , श्री छिरि शेर्पा(रामेछाप) रहेका छन ।
त्यसै गरी महासचिवमा श्रीमती लाक्पा छोटी शेर्पा(खोटाङ), सचिवमा श्री दावा शेर्पा(सोलुखुम्बु), कोषाध्यक्षमा श्रीमती छिरिङ ओङमी शेर्र्पा(सोलुखुम्बु) र सह–कोषाध्यक्षमा सुश्री दावा जाङमु शेर्र्पा(सोलुखुम्बु)लाई चयन गरिएको छ । त्यस्तै सदस्यहरुमा श्रीमती फुराजाङमी शेर्र्पा(सोलुखुम्बु), श्री छिरिङ शेर्र्पा(सोलुखुम्बु), सुश्री ल्हाक्पा याङजी शेर्र्पा(सोलुखुम्बु), सुश्री मिङमा डोमा शेर्पा (रामेछाप), सुश्री लाक्पा डोमा शेर्पा र्(रामेछाप), श्रीमती टाशीफुटी शेर्पा (सोलुखुम्बु), सुश्री लाक्पा याङजी शेर्पा(रामेछाप), श्री नाम्खा ग्याल्जेन शेर्पा (सोलुखुम्बु), सुश्री दालकु शेर्पा (रामेछाप), सुश्री पेमा खाङडु शेर्पा (रामेछाप), श्री लाक्पा शेर्पा (ओखलढुङ्गा), सुश्री पसी शेर्पा (सोलुखुम्बु), सुश्री कान्छी शेर्पा (सोलुखुम्बु), श्री फुर्वा शेर्पा (आेखलढुंगा) र श्रीमती लाक्पा डोमा शेर्पा (रामेछाप रहेका छन ।
भेलामा शेर्पा किदुग, पोर्तुगलका अध्यक्ष आङ नुरी शेर्पा, शेर्पा किदुग पोर्तुगलका सल्लाहकार समिति संयोजक पेम्बा शेर्पा, गैरआवसीय नेपाली संघ पोर्तुगलका महासचिव सोमफुरी शेर्पा, शेर्पा किदुग पोर्तुगलका सल्लाहकार तेन्जी शेर्पा, शेर्पा संघ यूरोपका उपाध्यक्ष पेम्बा छिरि शेर्पा, महासचिव पेम्बा गेलु शेर्पा, शेर्पा किदुग पोर्तुगलका उपाध्यक्ष गेलुछिरिङ शेर्पा, सचिव रिन्जी शेर्पा लगायतका महानुभावहरुको उपस्थिती रहेको थियो ।
नवगठित कार्यसमितिलाई उपस्थित सबैले बधाई ज्ञापन गर्दै कार्यकाल सफलताको शुभकामना गर्दै आर्थिक सहयोग समेत गरेका थिए । शेर्पा समूदायको भाषा, कला, संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्नका विश्वका जुनसुकै देशमा रहेता पनि लागि पर्नुपर्ने भएकोले हिमालयन शेर्पा सांस्कृतिक केन्द्रको अन्तराष्ट्रिय शाखा विस्तारको अभियानलाई आफुले स्वागत गरेको अध्यक्ष आङ छिरिङ शेर्पाले बताईन ।
शेर्पा किदुग पोर्तुगलसँग सहकार्य गर्दै शेर्पा भाषा कला संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने अभियानमा लागिपर्ने पनि अध्यक्ष शेर्पाले बताईन । यता हिमालयन शेर्पा सांस्कृतिक केन्द्र काठमाण्डौंले नेपालको विभिन्न जिल्लाहरुको शाखा विस्तारसँगै “जहाँ रहेपनि हामी शेर्पा, जुनसुकै देशको नागारिक भएपछि हाम्रो शेर्पा” भन्ने मूल नाराका साथ ईजरायलबाट अन्तराष्ट्रिय शाखा विस्तारको अभियान थालेको थियो । सन २०१२ मा केन्द्रले पहिलो अन्तराष्ट्रिय शाखा ईजरायलमा गठन गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी