पत्रकार न्यौपाने उपचारार्थ च्यारिटी डिनर आयोजना हुने

पत्रकार न्यौपाने उपचारार्थ च्यारिटी डिनर आयोजना हुने

  • शनिबार, कार्तिक २०, २०७३
  • फ़ुर्बा शेर्पा

  • 8.6K
    SHARES

,कार्तिक २० टाेक्याे । कान्तिपुर दैनिकका पुर्ब आर्थिक ब्युराे तथा कारोवार दैनिकका पूर्व सम्पादक संजय न्यौपानेको उपचारका लागि आर्थिक सहयोग जुटाउने उदेश्यले एभरेष्ट फुजी न्युज डट्कम जापानकाे पहलमा च्यारीटी डिनर कार्यक्रम हुने भएको छ ।

आगामी आईतवार टोकियो सिनोओकुवो स्थित सोलमारी मुरा हलमा अपरान्ह ६:३० वजेबाट डिनर कार्यक्रमको आयोजना गर्न लागिएको आयाेजक एभरेष्ट फुजी न्युज डट्कम तथा कार्यक्रम संयोजक प्रेमिला गौचनले जानकारी दिनुभयो। आर्थिक पत्रकारीतामा दक्ष पत्रकार न्यौपानेको उपचारका लागि सहयोग रकम जुटाउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको पत्रकार गौचनले जानकारी दिनुभयो।

नोवेम्वर ६ तारिक आईतवार साझ साँढे छ वजेबाट कार्यक्रममा सहभागि भई सहयोग जुटाउने अवसरमा भाग लिईदिनुहुन जापानवासी नेपाली तथा सम्पूर्ण संघसस्थाहरुमा पत्रकार गौचनले आग्रह गर्नुभएको छ।पत्रकारकाे समस्या पत्रकारले मात्रै बुझेकाे हुन्छ ।परिबर्तन र बिकासकालागि दिनरात खट्ने पत्रकार न्याैपाने लाइ जीबनदान दिनु हाम्राे दायित्व हाे उहाँले समायाेजन खबर संग बताउनु भयाे ।

मस्तिष्कमा समस्या देखिएपछि भारतको मेदान्त अस्पतालमा पुरयाइएका पत्रकार न्यौपाउनेलाई थप उपचार तथा शल्यक्रियाका लागि काठमाडौँ ल्याइएको छ। उनको मस्तिष्कको गत बुधवार शल्यक्रिया गरिएको थियो। उनको उपचारमा ६० लाख भन्दा वढीखर्च हुने बताइएको छ। हाल प्रवासका विभिन्न देशमा रहेका नेपालीहरुले समेत न्यौपानेको उपचारमा सहयोग जुटाउने अभियान संचालन गर्दै आएका छन।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी