लण्डनवासी नेवार समुदायले गरे सामुहिक म्हः पूजा

लण्डनवासी नेवार समुदायले गरे सामुहिक म्हः पूजा

  • बुधबार, कार्तिक १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 11.8K
    SHARES

एजेन्सी, १७ कार्तिक । लण्डनवासी नेवार समुदायले म्हः पूजासहित नेपाल संवत् ११३७ प्रारम्भ भएको खुशीयालीमा वृहत कार्यक्रम सम्पन्न गरेको छ ।
पासा पुचः गुठी साउथ इष्ट लन्डनले विभिन्न सांस्कृतिक कार्यक्रम सहित नेपाल सम्वत ११३७ र म्हः पूजा गरेको हो । लन्डन प्लमस्टिडस्थित एसियन कम्युनिटी हलमा सयौं सहभागीबीच सामूहिक म्हः (आत्म) पूजा गरियो ।
कार्तिक शुक्ल प्रतिपदाका दिन सोमबार नेवार समुदायका मानिसहरुले आफ्नो म्हः (आत्म) पूजा गर्ने गर्दछन् । मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा छ ।
कार्यक्रममा प्रमुख अतिथी दूतावासका उपनियोग प्रमुख शरदराज आरणले शुभकामना व्यक्त गर्दै नेवारी समुदायले बेलायतमा पनि आफ्नो संस्कृति, परम्परा जोगाइ नेपालीपन र मौलिकता झल्काइरहेको बताए । उनले परापूर्वकाल देखि शुरु भएको संस्कृति र परम्परालाई बेलायतमा पनि निरन्तरता दिनु 
प्रशंसनीय कार्य भएको धारणा राखे ।
पासा पुचः गुठी साउथ इष्ट लण्डनका अध्यक्ष सुशील प्रजापतिको अध्यक्षतामा भएको उक्त कार्यक्रममा एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङले शुभकामनासहित नेवारी समुदायको संस्कृति र परम्परा नजिकबाट नियाल्न पाएकामा प्रसन्नता व्यक्त गरे । मन्तव्यका क्रममा अध्यक्ष सुशील प्रजापतिले नेवारी संस्कृति र परम्परा जीवन्त राख्दै नयां पुस्तालाई यसप्रति जागरुक बनाउन कार्यक्रम गरिएको जनाए । कार्यक्रम संयोजक सचिन श्रेष्ठले पनि शुभकामना दिंदै पर्वको महत्व दर्शाए ।
नगेन्द्र श्रेष्ठ र काजल जोशीले सञ्चालन गरेको कार्यक्रममा चुत्रबहादुर श्रेष्ठले हेल्थ एण्ड सेफ्टीबारे जानकारी दिएका थिए ।

mha
दोश्रो चरणको कार्यक्रम सांस्कृतिकमय रह्यो । आयोजकले स्टेजमै पन्चकन्या, कुमारी, सांस्कृतिक झांकी, पुलुकिसी जात्रा, भैरव रथयात्रा, भैरव गुन यात्रा, लाखे र धिमे बाजा प्रस्तुत गर्दा माहोल नेपालकै कुनै नेवारी टोलमा भए जस्तो लाग्थ्यो । लाखे नाच, भैरव गुन नाच, मन्जुश्री नाच, नेवा नाच र नेपाली गीतमा नृत्य कार्यक्रमका मुख्य आकर्षण रहे ।
सत्य प्रसाद प्रजापति, अशोक अवाल, इरभिन श्रेष्ठ, आशिष श्रेष्ठ, आयुषा श्रेष्ठ र मन्देश श्रेष्ठले भैरव गुन नाच देखाए भने विनोद चिपालुले लाखे नाच ।
सत्यप्रसाद प्रजापतिले नेवा गीत गाएका थिए । मिस यूके नेपाल ०१६ की सेकेन्ड रनरअप विभिया श्रेष्ठले गरेको नेवा नाच र सलोनी श्रेष्ठले सपना भइ आंखामा आउने‘गीतमा गरेको नाच आकर्षक थियो ।
कार्यक्रममा जिसिएसइ, ए लेभल, ब्याचलर र मास्टर्स डिग्री उत्तिर्ण गर्ने नेवा विद्यार्थीहरुलाई सम्मान गरियो । आयोजकले एक तोला सुन पुरस्कार राखेर राफल चिठ्ठा समेत खोलेका थिए ।

कार्यक्रममा रोयल बरो अफ ग्रीनवीचका डेपुटी मेयर पिटर ब्रुक्स, काउन्सिलरहरु, एनआरएनए यूके उपाध्यक्ष शान्ति थापा कुंवर, एनआरएनए यूके कोषाध्यक्ष 
एवं संस्थाका सल्लाहकार दीपक श्रेष्ठ, रोयल बरो अफ ग्रीनवीच नेपलिज सोसाइटी अध्यक्ष कुमार श्रेष्ठ, समाजसेवीहरु मोहन गुरुङ, हयारी गुरुङ, जीवन सेन, विसन थापा, पशुपति मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बालजंग अर्याल, तमुधिं साउथ इष्ट लण्डन अध्यक्ष श्रीचन्द्र गुरुङ लगायत उल्लेख्य अतिथीको उपस्थिति थियो । अतिथी सत्कारको जिम्मा सल्लाहकार दीपक श्रेष्ठले लिएका थिए ।
कार्यक्रमको अन्त्यमा डिजे लाल र डिजे खानको गीत संगीतमा सहभागी मज्जाले नाचेका थिए ।
संस्थाले यही १७ डिसेम्बर, २०१६ मा योमरी पुन्ही र यूके योमरी प्रतियोगिता गर्ने तयारी शुरु गरिसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी