पुचःले लन्डनमा साँस्कृतिक कार्यक्रम सहित म्हः पुजा गर्ने

पुचःले लन्डनमा साँस्कृतिक कार्यक्रम सहित म्हः पुजा गर्ने

  • शुक्रबार, कार्तिक १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाडौं, १२ कार्तिक । हरेक वर्षझैं पासा पुचः गुठी साउथ इस्ट लन्डनले ३१ अक्टोबरका दिन विभिन्न साँस्कृतिक कार्यक्रम सहित नेपाल सम्वत ११३७ र म्हपुजा कार्यक्रम आयोजना गर्ने भएको छ ।
लन्डनमा रहेका विभिन्न नेपाली संघ संस्थाका प्रतिनिधि, स्थानीय काउन्सील तथा नेपाली एम्बेसी यूकेका प्रतिनिधिहरुको सहभागिता रहने उक्त कार्यक्रममा बेलायतको बिभिन्न स्थानबाट झण्डै ४ सयको उपस्थिति रहने आयोजकद्वारा जानकारी दिइएको छ ।
उक्त कार्यक्रमका संयोजक सचिन श्रेष्ठ, सांस्कृतिक कार्यक्रमको संयोजकमा बिनोद चिपालु र अशोक अवाल रहेका छन् । ५ बजे देखि १० बजेसम्म गरिने उक्त कार्यक्रममा एकै साथ सयौं जनाले सामुहिक म्हःपुजा गरिने संस्थाका अध्यक्ष सुशील प्रजापतिले जानकारी दिएका छन् ।
कार्यक्रममा म्हःपुजाका साथै झाँकी प्रदर्शन, पालुकिसी, कुमारी यात्रा, मन्जुश्री नाच, पन्चकन्या, धिमेबाजा सहितको रथजात्रा, भैरव गुन, लाखे नाच, भैरव नाच, ख्याक नाच रहेका छन् । जसमा भैरव नाचमा अशोक अवाल, सत्य प्रसाद प्रजापति, आशिष श्रेष्ठ, आयुष श्रेष्ठ, इरभिन श्रेष्ठ, मन्देश श्रेष्ठ, लाखेनाचमा विनोद चिपालु, मन्जुश्री नाच बिमला मर्हजन, ज्यापु प्याखन नाच बिमला मर्हजन, विन्दु हाडा सहितको ग्रुपमा सलोनी रन्जितकार, विभिया श्रेष्ठ, अरिशा श्रेष्ठ, नेवारी गीत सत्य प्रसाद प्रजापति तथा अन्तिममा डिजेलालसँग खुला डान्स समेत रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी