खनालले जापानमा नेपालीहरुसग अन्तरक्रिया गर्ने

खनालले जापानमा नेपालीहरुसग अन्तरक्रिया गर्ने

  • बिहिबार, कार्तिक ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

कार्तिक ११ टोकियो । नेकपा एमालेका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल एक अन्तरक्रिया कार्यक्रममा सहभागी हुन जापान जाने हुनु भएको छ । एमाले निकट प्रवासी नेपाली मञ्च, जापानले नेपालको राजनीतिक अवस्था र निकासको विषयमा गर्न लागेको अन्तरक्रियामा सहभागी हुन खनाल त्यस तर्फ  पुगिसक्नु भएको छ ।

पर्सी शनिबार अक्टोबर २९ दिउसो तीन बजे सिनओकुबुको मुरा हलमा हुने मञ्चका महासचिव कुलचन्द्र खरेलले जानकारी दिनु भयो ।

नेपालीको महान पर्व शुभ दिपावली, छठ,नेपाल संबत,इद ,ल्होसार लगाएत विभिन्न पर्वको शुभकामना आदान प्रदानसहित बर्तमान नेपालको राजनैतिक अवस्था र निकास भन्ने बिषयमा खुल्ला अन्तरक्रिया कार्यक्रम गर्ने आयोजकले जनाएको छ ।

साथै उक्त दिन बेलुकी ६:३० बजेबाट ओकुबोको नेवा डाईनिंगमा रात्रि भोज सहित एमालेका कार्यकर्ता र शुभ चिन्तकहरुलाई बरिस्ठ नेता खनालबाट प्रशिक्षण दिईने कार्यक्रम समेत रहेको छ। उक्त कार्यक्रममा जापानवासी सम्पूर्ण नेपालीदाजुभाई दिदीबैनी तथा संघ संस्थाका प्रतिनिधहरू ,ब्यवसाय , पत्रकार लगाएतलाई उपस्थित हुन ओएनएफ जापानका अध्यक्ष कृष्ण खड्काले हार्दिक अनुरोध गर्नु भएको छ ।

एमाले वरिष्ठ नेता खनाल पूर्ब प्रधानमन्त्रीको हैसिएतले जापानमा एक औपचारिक कार्यक्रमलाई सम्बोधन गर्नको लागि यहि साता जापान आईपुग्नु भएको थिेयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी