एनआरएन जापान कान्तो र विद्यार्थी समाजद्धारा विद्यार्थीहरुका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न

एनआरएन जापान कान्तो र विद्यार्थी समाजद्धारा विद्यार्थीहरुका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • मङ्लबार, कार्तिक ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

टोकियो । एनआरएन जापान कान्तोको आयोजना र नेपाल विद्यार्थी समाज जापानको सहकार्यमा आइतवार ओच्यानोमिजुस्थित डिजिटल हलिउड विश्वविद्यालयमा नेपाली विद्यार्थीहरूका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

“जापानमा नेपाली विद्यार्थीका अवसर र चुनौतीहरु ” विषयक अन्तरक्रिया कार्यक्रममा विद्यार्थी लगायत शैक्षिक क्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो ।

आयोजक समितिले विद्यार्थीहरुका धेरै भन्दा धेरै गुनासाहरु सुन्न र सुझावहरु लिन सजिलो होस् भन्ने उदेश्यले कार्यक्रमलाई दुई चरणमा विभाजन गरेको थियो ।

जापानका अग्रजहरूले कार्यक्रमको पहिलो चरणमा जापानको विद्यार्थी जीवन, वर्तमान चुनौती, समस्या र भावी सम्भावनाका बारेमा बोलेका थिए । नेपाली विद्यार्थीहरुले जापानमा पढ्दा अपनाउनु पर्ने नियम, प्राप्त गर्ने सुविधा तथा अफ्ठ्यारा विषयहरुको बारेमा कार्यक्रममा सहभागीहरु खाचुए सुजुकी, थागुची योसिहिरो, भुवन रोका, दिनेश रतला जोशी,डा. दिपेन्द्र गौतम, यशोदा बस्नेत, लगायतले बोलेका थिए ।

कार्यक्रमको दोस्रो चरणमा उपस्थित व्यक्तिहरुले जापानमा रहँदा आफुले भोगेको जीवन भोगाई, उतारचढाव तथा सफलताका बारेमा बोलेका थिए ।

त्यसरी आफ्नो अनुभव सुनाउनेहरुमा जापानको प्रतिष्ठित कम्पनीमा काम गरिरहेका नेपाली विद्यार्थीहरु सचिन राई, विश्शेश्वर रेग्मी, सन्तु लामा मनिष बज्राचार्य र प्रकाश थापा रहेका थिए ।

जापानका लागि नेपालका कार्यवाहक राजदूत कृष्णचन्द्र अर्याल कार्यक्रमकाे अवलाेकनका लागि उपस्थिति रहेको सो कार्यक्रममा सहभागी भएका अधिकांश प्रतिनिधि तथा सहभागीहरुले कार्यक्रम उपयोगीमूलक रहेको प्रतिक्रिया दिएका थिए ।

कार्यक्रममा अगुवाहरुले नेपाली समाजमा राजनीतिक विषयका कार्यक्रम गर्नुभन्दा सचेतनामुलक कार्यक्रमहरुको आयोजना गरिनु अत्यन्तै राम्रो काम भएको बताए । उनीहरुले जीवनोपयोगि कार्यक्रमहरुको निरन्तरताका लागि आयोजगलाई आग्रह गरेका थिए ।

यस कार्यक्रममा आयोजकले अन्य कार्यक्रममा जस्तो खादा लगाउने र अनावश्यक रुपमा अतिथिहरुको आसन ग्रहण गराउने कार्य रोकेको थियो ।

नयाँ तरिकाबाट यस्तो कार्यक्रम गरिएकोमा आयोजकलाई उपस्थित सबैले धन्यवाद दिएका थिए । पहिलोपटक यस्तो खाले कार्यक्रम आयोजना भएकाले विद्यार्थीहरुको उपस्थिति कम देखिएको थियो । तर, फेसबुक लाइभमा जापानमा रहेका सयौं विद्यार्थीहरुले हेरेको र कार्यक्रमले आफुहरुलाई मार्गदर्शन गर्न मद्दत पुगेको प्रतिक्रिया दिएको आयोजक एनआरएन कान्तोका सचिव नविन नेउरेले जानकारी दिए ।

कार्यक्रम विश्वविद्यालयको आकर्षक हलमा गरिएकाले पनि उपस्थित विद्यार्थीहरुलाई सहज भएको थियो ।

यस्तो किसिमको कार्यक्रम संयोजक पिके थापाले सेमिनार पहिलो पटक भए पनि जापानमा यस अघि भएका शैक्षिक परामर्श सम्बन्धित कार्यक्रमहरुमा सबैभन्दा प्रभावकारी भएको बताए ।

उनले आगामि जनवरीमा यस्तै किसिमको नतिजामुखी कर्यक्रम गर्ने तयारी भैरहेको जानकारी समेत दिए । गत वर्ष पनि दश वटा जापानी कम्पनीहरुका प्रतिनिधिहरुलाई बोलाएर तीन सय नेपाली विद्याथीहरुलाई रोजगारीका लागि सहजिकरण गरिएको थियो ।

आगामि दिनमा एनआरएन कान्तोले विद्यार्थीहरुको स्तर हेरेर जापानी कम्पनीहरुसँग रोजगारीका लागि परामर्श कार्यक्रम गर्ने जनाइएको छ ।

कार्यक्रमलाई एनआरएन कान्तो क्षेत्रीय समिति सचिव नविन न्युरे र जापान विद्यार्थी समाजका अध्यक्ष सन्तोष चोखालले प्रस्तुत गरेका हुन् । दोस्रो चरणको कार्यक्रम ऋतु कुमार दुराले संचालन गरेका थिए ।

फोटो सौजन्य: अविनाश गुरुङ

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी