देवीबहादुर इङ्नामको नेतृत्वमा किरात याक्थुङ चुम्लुङ,जापानको एकता सम्पन्न

देवीबहादुर इङ्नामको नेतृत्वमा किरात याक्थुङ चुम्लुङ,जापानको एकता सम्पन्न

  • मङ्लबार, कार्तिक ९, २०७३
  • फुर्वा शेर्पा

  • 7.9K
    SHARES

कार्तिक ९ टोकियो । जापानको टोकियो,ओकुबो स्थित नेवा डाईनिङ रेष्टुरेन्टमा यही कार्तिक ७ गते लिम्वुहरुको साझा संगठन किरात याक्थुङ चुम्लुङको एकता भेला सम्पन्न भएको छ ।  चुम्लुङ जापानका सल्लाहकार भगिश्वर इङ्नामको संयोजकत्वमा बसेको चुम्लुङ,जापानको दोस्रो चरणको दुई पक्षिय एकताको छलफलमा सामुहिक भेला मार्फत एकता गरिएको हो । भेलाले वर्तमान अध्यक्ष देवी बहादुर इङ्नामको नेतृत्वमा तेस्रो अधिबेशन सम्म निरन्तरता गरेर जाने र अधिबेशन संयोजक रिद्दि बहादुर तुम्बाहाम्फे रहने निर्णय गरेको छ ।

यसै गरी  महासचिबमा मर्यादाक्रम अनुसार चन्द्र कुमार जबेगु,भेषराज चेम्जोङ रहने र अन्य पदाधिकारी तथा सदस्य लगायत सल्लाहकारहरू दुबै पक्षका यथावत राख्ने पनि निर्णय भएको चुम्लुङले जनाएको छ ।  चुम्लुङ जापानले,जापानमा रहेका सबै लिम्बूहरूलाई एकताबद्द गर्दै, लिम्बू भाषा,धर्म,संस्क्रृति,पहिचानको संरक्षण,संबर्द्दन गर्नमा एकजुट भएर लाग्नुपर्ने सल्लाहकार सुमन लिम्बूले सुझाब दिनु भएको थियो ।

chumlung-2

महासचिब भेषराज चेम्जोङले उत्तेजना भन्दा पनि विचार र भावनाको नेतृत्व गर्दै सबै मिलेर समृद्ध समाज निर्माणमा लाग्नु पर्नेमा जोड दिनु भएको थियो । त्यस्तै पदम चेन्जिमाबोले,संस्था,एकताले नयाँ साहस थपिएको महसुस गर्दै,यसको श्रेय सम्पूर्णलाई हुने बिश्वास ब्यक्त गर्नु भएको थियो ।यसै गरी एकताको पहल र दबाबमा जुटेका देबेन्द्र लावती, सुदीप पालुङ्वा, लालधोज मादेम्बा लगायत अन्य मित्रहरूको भूमिका सराहनीय रहेकोले एकतामा ठूलो बल पुगेको भन्दै रिद्दि बहादुर तुम्बाहाम्फेले खुशी ब्यक्त गर्नु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी