पर्यटन क्षेत्रको विकाश गर्न सबैको साथ आवश्यक : घले

पर्यटन क्षेत्रको विकाश गर्न सबैको साथ आवश्यक : घले

  • सोमवार, अशोज १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

भरतपुर ,१७ असोज ।

गैर आवासिय नेपाली संघ (एनआरएनए) का अध्यक्ष शेष घलेले नेपालको पर्यटन क्षेत्रमा लगानीको वातावरण सिर्जना गर्न सरकारको स्पष्ट नीतिको खाँचो रहेको औल्याउनु भएको छ ।

भरतपुर विमानस्थलमा आज भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष घलेले पर्यटन क्षेत्रको विकासका लागी सरकारले वातावरण बनाइदिए लगानी गर्ने कमी नभएको दाबि गर्नुभयो ।

नेपालको पर्यटन क्षेत्रमा लगानीको प्रशस्तै सम्भावना रहेको भन्दै उहाले पर्यटन क्षेत्रले किसानदेखि सरकारी राजस्वलाई टेवा दिने बताउनु भयो ।

शिक्षा ,स्वास्थ्य र कृषिका साथै पर्यटन क्षेत्रलाई पनि प्राथमिकतामा राख्नुपर्ने उहाको भनाई थियो । नेपालमा पर्यटन र हाईड्र्रो लगायत क्षेत्रमा लगानी आवश्यकता औल्याउनु भयो ।

अष्ट्रेलियाको ९९ आंै धन्याड्यको सुचिमा परेका घलेले पर्यटन क्षेत्रमा लगानीको सम्भावना देखेर नै आफूले काठमाडौंमा करिव १० अर्बको लगानीमा पाँचतारे होटल निर्माण थालेको पनि जानकारी गराउनु भयो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी