कोरिया ,३० भदौ ।
दक्षीण कोरियामा हुने प्रशिक्षण कार्यक्रममा सहभागी हुन नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराई सोल पुग्नुभएको छ ।
पार्टीको प्रवास संगठन अन्तराष्ट्रिय नेपाली समाजले भोली आयोजना गर्न लागेको भेला तथा अन्तरक्रिलाई संबोधन गर्न भट्टराई नेपाली समय अनुसार आज दिउँसो २ बजे सोल पुग्नुभएको हो ।
संयोजक भट्टराईलाई इन्च्छन विमानस्थलमा सोलस्थित नेपाली राजदूतावासका कार्यबाहक राजदूत किरण शाक्य र समाजका नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए ।
उहासँगै पार्टीका प्रवास विभाग संयोजक नवराज सुवेदी र अन्तराष्ट्रिय नेपाली समाज अष्ट्रेलिया संयोजक विनोद पौडेलपनि रहनुभएको छ ।
भट्टराईले भोली राजधानी सोलस्थित जोगेसा गुम्बा सभाहलमा अन्तर्क्िरयालाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline