एनआरएन जापानले नेपाली विद्यार्थीहरुसग‘ अन्तरक्रिया गर्ने

एनआरएन जापानले नेपाली विद्यार्थीहरुसग‘ अन्तरक्रिया गर्ने

  • बिहिबार, भदौ ३०, २०७३
  • फुर्वा शेर्पा

  • 6.1K
    SHARES

भदौ ३० जापान । एनआरएन कान्टोले उच्च शिक्षाका लगि जापान आएर आफ्नो पढाई पूरा गरि हाल बिभिन्न जापानिज कम्पनीहरुमा कार्यरत नेपालीहरुसंग जापानको विद्यार्थी जीवन, चुनौती, अवसरको बारेमा छलफल र उहाँहरुको अनुभव सुन्ने र सुनाउने कार्यक्रमको आयोजना गर्ने भएको छ ।

यही आँउदो अक्टोबर २३ तारिख आईवार आयोजना गरिने उक्त कार्यक्रममा बिभिन्न भाषा स्कूल, व्यावसायिक स्कूल, क्याम्पस तथा बिश्व बिद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरुले आगामी दिनहरुमा कस्ता योजनाहरु बनाएर अघि बढे सफल हुन सकिन्छ भन्ने बिषयमा केन्द्रित रहने आयोजकको भनाई छ ।

उक्त अन्तरकृया कार्यक्रमको उदेश्य भनेको नेपाली विद्यार्थीहरुले जापानका भाषा स्कूल, व्यावसायिक स्कूल, क्याम्पस तथा बिश्वबिद्यालयहरु बाट आफ्नो पढाई पूरा गरेपछि के गर्ने भन्ने बारेमा बाटो देखाउने र सुझाव दिनु रहेको आयोजकको भनाई छ ।

हाल जापानका बिभिन्न भाषा स्कूल, व्यावसायिक स्कूल, क्याम्पस तथा बिश्वबिद्यालयहरुमा अध्ययनरत नेपाली विद्यार्थीहरुलाई उक्त अन्तरकृया कार्यक्रममा सहभागि बनि अग्रजहरुबाट उहाँहरुले भोगेका, देखेका, गरेका र सिकेका महत्वपूर्ण कुराहरुको ज्ञान ज्ञान आदान प्रदानका लागि सहभागी हुन एनआरएन कान्टोका पदाधीकारीहरुले अनुरोध गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी