खोजपत्रकारीता सम्बन्धि जापानमा रहेका नेपाली पत्रकारलाई तालिम प्रदान

खोजपत्रकारीता सम्बन्धि जापानमा रहेका नेपाली पत्रकारलाई तालिम प्रदान

  • बिहिबार, भदौ ३०, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

फुर्वा शेर्पा , जापान ।  जापानमा रहदै आएका नेपाली पत्रकारहरुको दक्षता अभिबृद्धिका लागि नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ( फोनिज ) ले एक दिने व्यवशायीक तथा प्राविधिक तालिम दिएको छ ।
नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज)ले राजधानी टोकियो स्थित एक नेपाली रेष्टुरामा सम्पन्न एक दिवसीय ब्यबसायिक तथा प्राबिधिक तालिम तथा छलफलको क्रममा त्याहा रहेका पत्रकारहरुले नेपाली समुदायहरुको अवस्थाका विषयमा खोजमुलक बिषय सूचित गर्ने प्रतिवद्धता जनाएका छन् ।

जापानमा भएका ५० हजार भन्दा बढी नेपाली समुदायमाझ भएका सकारात्मक र नकारात्मक गतिबिधिहरुलाइ अध्ययन गरी सारा नेपालीहरुलाई सुसुचित गर्नुका साथै सकारात्मक परिबर्तन र बिकासमा अहम भुमिका खेल्नु नितान्त आवस्यक रहेको अधिकांश सहभागी पत्रकारहरुले बताएका छन् ।
पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्लले प्रबासमा खोज पत्रकारिता चुनौतीपुर्ण रहेपनि एकजुट भएमा असम्भव नहुने बताउनुभयो ।

japan-2
खोजमुलक पत्रकारिता र रिपोर्टिंग गर्न पत्रकार पुर्णरुपमा तयारी हुनुपर्ने, धेरै समय अध्ययनर तयारी गर्नुपर्ने र स्रोतको खोजी गर्नु आवस्यक भएको नेपाल जापान डटकमका सम्पादक आनन्द कोईरालाले बताउनु भयो ।

त्यस्तै कारोबार दैनिकका पत्रकार तथा पत्रकार महासंघ केन्द्रिय सदस्य पवन बर्षा शाहले खोज पत्रकारले समाचार तथा इस्युलाइ फ्लोअप निरन्तर गरी समाजलाई सुसुचित बनाउन पत्रकारले खोजपत्रकारिता गर्नुपर्ने बताउनु भयो ।

त्यस्तै नेपाल सन्देश डटकमका रबिन्द्र श्रेष्ठले द्वन्दकालमा हत्या भएका रामहरि श्रेष्ठ हत्याकाण्ड देखि लिएर जापानमा केही कार्यक्रममा खोज रिपोर्टिंग गर्दा आफु माथि हातपात समेत भएको सउदाहरण सुनाउदै जोखिम बेहोर्न नसके खोज पत्रकारिता सम्भव नहुने बताउनु भयो ।

japan-3

जापानमा १ दर्जन भन्दा बढ़ी अनलाइन मेडिया र करिब दुइ दर्जन जना भन्दा बढ़ी पत्रकारहरु सकृय रहदै आइरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी