युएइमा नयाँ शक्तिको अभियानले तिब्रता लिदै

युएइमा नयाँ शक्तिको अभियानले तिब्रता लिदै

  • सोमवार, भदौ ६, २०७३
  • अमर डोटेल

  • 5.7K
    SHARES

अबुधावी ।

रोजगारीका लागि युएइ आइपुगेका नयाँ शक्ति पार्टी अभियानमा क्रियाशील नेपाली अभियन्ताहरुले राजधानी अबुधावीमा बृहत भेला आयोजनागरि अभियानलाइ तिब्रता दिएका छन् ।

दुबई,सारजाह लगायत अबुधावीबाट ठुलो संख्यामा उपस्थित अभियन्ताहरुलाइ बिशेष अतिथि नेपाली समाज युएइका अध्यक्ष चन्द्रप्रसाद सापकोटाले सकारात्मक सोचबाट देशलाइ समृद्धि बनाउने अभियानमा लागेका अभियन्ताहरुलाइ सफलताको सुभकामना दिएका थिए ।

नयाँ शक्ति नेपाल, अबुधावी क्षेत्रिय समिति उप-संयोजक शंकर बरालले राज्यबाट आदिवासी,जनजाती र दलितहरुलाइ केवल भोट बैककोरुपमा मात्र प्रयोग गरिएको,देशको कुल ग्राहस्थ उत्पादन क्रमिकरुपमा घट्दै गएर सन् २०१५ सम्ममा जिरो दशमलव सतहत्तर प्रतिशत पुगेको कहाली लाग्दो अबस्थाको तथ्य प्रस्तुत गरेका थिए ।

देश र जनताको लागि आफ्नो शरीर बलि चढाएका अमर शहिदप्रति मौनधारणगरि सुरुवात गरिएको कार्यक्रमलाइ प्रमुख अतिथि नयाँ शक्ति नेपाल युएइका संयोजक उत्तम अधिकारीले बिशेष सम्बोधन गरेका थिए ।

यसैगरि कार्यक्रममा क्षेत्रिय उप-संयोजक जनक श्रेष्ठले पद र पैसाको पछिनलागी देश र जनताको हितमा कामगरी जबसम्म जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको व्यवस्था नभएसम्म नयाँ शक्तिले निर्वाचनमा भागलिन सावधानी अपनाउनुपर्ने सुझाब दिएको अच्युत दुलालले जनाएका छन् ।

14101650_10208183128510751_1030769130_n

दुबई केन्द्रमा तथा प्रदेश प्रादेशिक बिभागमा क्रियासिल अभियन्ताहरु:- सुरेश ढकाल,प्रतिक्षा कार्की,सरोज खड्का,रेणु ढकाल,शंकर सुनार,राजन श्रेष्ठ,मुन्ना सामसुल हक,दामोदर गिरि,ध्रुब भट्ट,हिरा बि.क अतिथिकोरुपमा सहभागी भएका थिए ।

खाडीको गर्मि नभनी देशमा शान्ति सुब्यस्था, आर्थिक विकास,स्थिर राज्यप्रणाली ब्यबस्थागर्ने अभियानमा लागिपरेका अभियन्ताहरुलाई दुबई केन्द्रिय सदस्य ज्ञानेन्द्र अमगाईले सन्देशमुलक कविता र सांस्कृतिक विभागका सुर्य मुखियाले गीतबाट कार्यक्रममा रोचकता थपेका थिए ।

उपस्थित सम्पूर्ण सहभागी अभियन्ताहरुलाई स्वागत मन्तब्यदारा सांस्कृतिक बिभागका गंगाराम सापकोटा र सो कार्यक्रमका सभापति तथा क्षेत्रिय प्रबक्ता देवेन्द्र बास्तोलाले कार्यक्रम समापन गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी