सगूनले बन्द गर्‍यो प्राइभेट प्लेसमेन्ट अफरिङ्ग  ,मिनी आइपिओको प्रक्रिया शुरु हुने

सगूनले बन्द गर्‍यो प्राइभेट प्लेसमेन्ट अफरिङ्ग  ,मिनी आइपिओको प्रक्रिया शुरु हुने

  • बुधबार, भदौ १, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाडौं।

अमेरिकामा बसोबास गरिरहेका नेपालीहरुले स्थापना गरेको सामाजिक सञ्जाल सगून डट कम (sagoon.com) ले अमेरिकी सरकारको जब्स एक्ट २०१२ अनुसार सर्वसाधारणहरुलाई लगानीको अवसर प्रदान गर्ने सिलसिलामा शुरु गरेको प्राइभेट प्लेसमेन्ट अफरिङ्ग अगस्ट १५ देखि बन्द गरेको छ । आ–आफ्नो देशको कानून अनुसार विश्वको जुनकुनै देशबाट समेत लगानी गर्न पाउने यो अवसर सगूनले जुन २९, २०१६ देखि शुरु गरेको थियो ।

सगूनका संस्थापक गोविन्द गिरीका अनुसार सामाजिक सञ्जालको दुनियाँमा नेपालीहरुको नया आर्थिक र सामाजिक पहिचान स्थापित गर्न सगुनको स्थापना गरिएको हो । अमेरिकामा दक्षिण एशियालीको पहिलो स्टार्टअप कम्पनी बन्न सकेको सगुनले सर्वसाधारणलाई यसको हिस्सेदार बनाउने कार्यक्रम अन्तर्गत पहिलो चरणमा प्राइभेट प्लेसमेन्ट अफरिङ्ग शुरु गरेको थियो ।

‘प्राइभेट प्लेसमेन्ट शुरु गरेको दिन देखि विश्वभरबाट कसरी लगानी गर्ने, कति लगानी गर्न पाइने लगायतका विषयमा जानकारी लिन सयौँ मानिसहरुले सोधपुछ गरिरहेका थिए । यस कार्यक्रम अन्तर्गत लगानी गर्नको लागि विशेष आधारहरु पुरा गर्नु पर्ने भएकोले लगानीको चाहना गर्नेहरु मध्ये धेरै जना लगानीको लागि योग्य हुन सकेनन्। यो कार्यक्रम बन्द भएपछि दोश्रो चरणको लगानीको अवसर खुल्ला गर्ने प्रकृयालाई अघि बढाइएको छ’ गिरीले बताए ।

‘‘हामीले सर्वसाधारण सबैले लगानी गर्न सक्ने अवसर प्रदान गर्ने लक्ष्य लिएका छौँ । विशेष गरि नेपाली लगानीकर्ताहरुको बाहुल्यता रहोस भनेर काम गरिरहेका छौँ । त्यसको लागि मिनी आइपीओको तयारी हुँदैछ। मिनी आइपीओ सम्म आइपुग्न प्राइभेट प्लेसमेन्टको चरण पार गर्नु पर्ने भएकोले यसलाई पहिलो चरणमा शुरु गरेका थियौँ – गोविन्द बताउँछन् ।

अबको केहि महिना भित्र नै सगुनले मोवाइल एप्स सहित मिनी आइपीओ खुल्ला गर्नेछ र यसमा इच्छुक धेरैले लगानी गर्न सक्नेछन् । मिनी आइपीओमा प्राइभेट प्लेसमेन्टमा जस्तो जटिल प्रकृयाहरु पनि नहुने र थोरै रकमबाट पनि लगानी गर्न सकिने कुराको गिरीले जानकारी दिए ।

सगुन टीमका प्रमुखले बताए अनुसार नेपालीको सगुनमा नेपालीहरुको हिस्सा बढी गराउने मुख्य अवसर नै मिनी आइपीओ हुनेछ । मिनी आइपीओ मार्फत लगानी गर्ने समय थोरै हुने, थोरै रकमबाट लगानी शुरु गर्न सकिने र हालसम्मको तथ्याङ्कको आधारमा अत्यन्तै धेरै व्यक्तिहरु यसको प्रतिक्षामा रहेकोले पनि करिब तीन महिना भित्रमा शुरु गरिने छ ।

मिनी आइपीओको चरण पश्चात सामाजिक सञ्जालको दुनियाँमा सगुनले ‘सोसियल स्मार्ट कार्ड’ को शुरुवात गर्नेछ जसले प्रयोगकर्ताहरुलाई समेत मुनाफाको हिस्सा वितरण गर्नेछ । प्रयोगकर्ताहरुलाई यस प्रकारको हिस्सा वितरण गर्ने सामाजिक सञ्जालहरुमा सगुन पहिलो हुने संस्थापक गिरी बताउछन् ।

प्राइभेट प्लेसमेन्ट मार्फत लगानी गर्नेहरु, लगानीको लागि इच्छुक र चासो व्यक्त गर्ने सम्पूर्ण व्यक्तिहरु र यो प्रकृयालाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै मिनी आइपिओ मार्फत लगानी गर्न सबैलाई तयार हुन गिरीले अनुरोध गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी