सप्तरीका दुवीलाल यादवको छतबाट खसेर मलेसियामा मृत्यु

सप्तरीका दुवीलाल यादवको छतबाट खसेर मलेसियामा मृत्यु

  • बिहिबार, साउन १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

राजविराज, साउन १३ । दश महिना अघि रोजगारीका लागि सप्तरीबाट मलेसिया गएका दुवीलाल यादवको बुधबार छतबाट खसेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा राजविराज नगरपालिका–६ खर्साल निवासी यादवको २८ वर्षीय छोरा जितेन्द्र यादव रहेको बताइएको छ ।

मलेसियाको हाइजोव एडिए कम्पनीमा कार्यरत यादवको सो कम्पनीमा काम गर्दागर्दै दुई तल्लामाथि छतबाट खसेर मृत्यु भएको राजविराजस्थित सवल नेपालका कार्यक्रम अधिकृत चन्दन यादवले बताए ।

यादव गत असोजमा रोजगारीको सिलसिलामा मलेसिया पुगेका थिए ।

यसैबीच मलेसियामा मृत्यु भएका यादवको परिवारले सम्बन्धित निकाय र नेपाल सरकारलाई शव नेपाल ल्याइदिनका लागि आग्रह गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी