ओमन शोहार ।
नेपाली जनप्रगतिशिल मञ्च ओमनले शोहारमा पनि आफ्नो सङ्गठन बिस्तार गरेको छ । मन्चको भेलाले शेर बहादुर थापाको अध्यक्षतामा १५ सदस्यीय इकाई समिती निर्माण गरेको छ ।
जसको उपाध्यक्षमा खड्क थापा,सचिबमा प्रकाश श्रेष्ठ,सहसचिवमा राम बहादुर भुजेल,र कोषाध्यक्षमा किशोर राम घर्तिलाइ सर्वसम्मत चयन भएका छन् ।
सदस्यहरुमा ईश्वर लामा,अशोक कुमार रोका,गुनपाल चौधरी,राजन चौलागाईं,माध्व प्रसाद पाण्डे,बसन्त प्रसाद श्रेष्ठ ,गङ्गा परियार,नन्दलाल पासवान र लक्ष्मण बहादुर सापकोटा तथा इकाइ समितिको प्रमुख सल्लाहकारमा तेजेन्द्र आचार्य र विशेष सल्लाहकारमा विवश पुन लाई सर्वसम्मत चयन गरेको छ ।
मञ्चका अध्यक्ष पदम प्रसाद अर्याल,वरिष्ठ उपाध्यक्ष, प्रचार ब्युरो इन्चार्ज तथा प्रबक्ता तुला गिरि,कोषाध्यक्ष कुल तामाङ्ग र सह सचिव इस्वर रानाको विशेष उपस्थिति र तेजेन्द्र आचार्यले इकाई समितिलाई सुभकामना दिनु भएको थियो ।
मञ्चका वरिष्ठ उपाध्यक्ष तुला गिरिले मञ्चको बिधान र नीति तथा कार्यक्रम बारे प्रष्ट पार्नुभएको थियो । भेलामा मञ्चको समग्र उदेश्य, सङ्गठनको महत्व,यसको उत्तरदायित्व र भेलामा उठेका जिज्ञासाहरुलाई प्रष्ट पार्दै संक्षिप्त्तमा हाम्रो समन्वय नेकपा माओवादी केन्द्र सङ्ग भएको कुरा पनि स्पष्ट पार्नुभएको थियो ।
त्यस्तै संगठनको आर्थिक पाटोका बिषयमा पनि चर्चा भएको थियो । सह सचीव ईश्वर रानाले सङ्गठनको आवस्यकता अनि हाम्रो पहिचान र सामर्थ्य को बारेमा अति सरल भासामा आफ्ना भनाईहरु राख्नु भएको थियो ।
कार्यक्रमका संयोजक तेजेन्द्र आचार्यले ओमनको शोहारमा पनि नेपाली जनप्रगतिशिल मञ्चको इकाई समिती स्थापना गराउन आउनुहुने मञ्चका सबै पदाधिकारिहरुलाई बधाई दिदै छिट्टै नै शोहारमा नेपाली जनप्रगतिशिल मञ्चको क्षेत्रीय भेला गराउन पहल गर्ने कुरा पनि जानकारी गराउनु भयो।
उक्त भेलामा उपस्थित सबैले आआफ्नो महत्वपूर्ण भनाई,जिज्ञासा र मनमा लागेका मञ्च प्रतिको कुराहरु राख्दै मञ्चलाई दिगो, स्थायित्व र मञ्चको कमिटीहरु निर्माणमा भरपुर सहयोग गर्ने बतानु भयो ।

