विदेशमा रहेका नेपालीहरुले चुनावमा मतदान गर्न पाउने व्यवस्था

विदेशमा रहेका नेपालीहरुले चुनावमा मतदान गर्न पाउने व्यवस्था

  • शनिबार, जेष्ठ १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाण्डौ, १५ जेठ । विदेशमा रहेका नेपालीहरुले पनि अबका चुनावमा मतदान गर्न पाउने भएका छन् ।

संसद बैठकमा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री विष्णु पौडेलले विदेशमा रहेका नेपाली नागरिकले नेपालमा हुने संघ, प्रदेश र स्थानीय तहको चुनावमा मतदान गर्न पाउने व्यवस्था मिलाइने घोषणा गर्नुभयो ।

उहाँले विदेशमा रहेका नेपालीको मतदाता नामावली संकलनको प्रवन्ध गरिने जानकारी पनि दिनुभयो । नेपालको झण्डै ३ करोड जनसंख्या रहेकोमा ५० लाख नेपाली विदेशमा रहेको अनुमान छ ।

कामका लागि गएका युवाको संख्या मात्रै ४० लाख भन्दा धेरै रहेको अनुमान छ । विगतमा विदेशमा रहनेहरु मतदान गर्नबाट वञ्चित हुँदै आएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी