माओवादी केन्द्रलाइ सहिद परिवारको सुझाव 

माओवादी केन्द्रलाइ सहिद परिवारको सुझाव 

  • बुधबार, जेष्ठ १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

सायद त्यो 2068 फाल्गुन 11 गते हुनु पर्छ । बेलुकाको ५ बजेको थियो । हामी सिन्धुपाल्चोक बतासे गा बि स स्थित श्री दक्षिणकाली प्रा विको एक कार्यक्रम सकेर फर्किदै थियौ ।
माननीय मन्त्री अग्नि सापकोटा वाइ सि एल नेपालको महासचिब दिपशिखा दाइ जन गायक चेतन सापकोटा सहित अग्रजहरु बोलेरो गाडिमा आगाडी हुनुहुन्थ्यो । म अनि लोक गायक राम थापा शिशिर जो मेरो आग्रहमा उक्त कर्यक्रममा जानू भयको थियो । हामी दुई मोटरसाइकलमा थियौ । गाडी अघिअघी हामी पछि पछि काभ्रे र भक्तपुरको सिमाना साङ्गा भन्ज्याङ बाट अग्रजहरुको गाडी अगाडि बढ्यो ।
उहाहरु सङ्ग एकछिन विश्राम लिने अनुमती मागियो । अग्रजहरु हिड्नु भयो हामी तेहि रोकियौ । शिशिर जिले भने मुताबिक हामी नास्ता गर्ने मनसायले एक होटलमा छिरेउ । अकस्मात फोनको घन्टी बज्यो । उठाए हेल्लो कसैले थर्काइरहेको थियो नम्बर नया भएकोले चिन्न सकिन । मैले सोधेपस्चात उनले आफ्नो परिचय दिए ।
सङ्गै एउटै सङ्गठनमा काम गर्ने क.को फोन रहेछ सौहार्दपुर्ण तरिकाले सोधे फोन गर्नुको कारण ! उनले मलाइ चेतावनी दिए । काभ्रे कटेर भक्तपुर प्रवेश गरेमा अन थ स्पोर्ट मारिदिने धम्की दिए । काभ्रे कटेर भक्तपुर नटेक्ने उनको चेतावनीलाई उलंघन गर्नै पर्थ्यो मैले तेहि गरे । ठाडो उर्दि आयो मैले यो आवाज सङ्गै रहनु भयको शिशिर जिलाई सुनाय ।
उहाँ हच्किनु भयो ।मैले तुरुन्तै मेरो सम्बन्धित कमिटिमा जानकारी गराएर अघि बढेउ म बाइकको पछाडी बसे शिशिर जिले बाइक कुदाउनु भयो । उनी र म एकै कमिटिमा थियौ । भक्तपुर जिल्ला कमिटी जिम्मेवारी घटी बढी थियो सायद उनी म भन्दा माथिका थिय । तेति बेला उनी कार्वाही भोगिरहेका थिए ।आर्थिक अपचलनको पार्टी नीति बिपरित गरेका कृयाकलप गरेर कारवाहिमा परेका मान्छे लगतै सास्कृतिक रुपमा गरेका कुकर्महरु बाहिर आउने भएपछी मलाइ धम्की दिएका उनी पार्टी फुटको अवसर छोप्दै वैद्य तिर लागे उनले फुटेर गएको पार्टिमा संरक्षण पाए ।
उनी तुरुन्तै एक व्यापारी अपहरण कान्डमा जेल परेको सुनियो । पछि बिप्लव तिर लागेर अहिले तिलक परियारको समुहमा एकता प्रकृयामा समाहित भएको सुनियो ने क पा । तेति मात्रै होइन ! माओवादी केन्द्रको के स भएर आएको सुने पछि अचम्म लाग्यो । अनि घोत्लिय धेरैबेर सोचे एकताको नाममा यिनले गरेका कुकर्महरु लुकाउने नेतृत्व खराब कि उ खराब उ भन्दा नेतृत्व बढि दोसि पाए ।
रछ्यान बाट टिपेर आफ्नो शिरमा सजाउन खप्पिस माओवादी नेताहरु अहिलेको एकता प्रकृयामा समाहित भएका छन यसले सिङ्गो माओवादी आन्दोलन प्रती प्रश्न चिन्ह खडा भैरहेको छ के यो एकता सच्चै देश जनता पार्टी र जनयुद्धका मर्मलाइ आत्मसात गर्दै अगाडी बढ्नकै निम्ति हो त ? के यो एकताले सहिद बेपत्ता घाइते अपाङ्ग जनयुद्धमा ज्यान हत्केलामा राख्दै अहोरात्र मुक्तिका खातिर लढ्ने मसिहाहरुको आत्मसम्मान र बाकी रहेका कार्यभार पूरा गर्नको निमित्त इमान्दारिता पुर्बक गरियको छ ?
उत्तर सबैको एउटै सुनिएको छ यो एकताले जनयुद्धको स्पृट्मा बाकी क्रान्ती सम्पन्न गर्नको लागि टेवा पुग्दैन । बरु पार्टिलाइ आन्तरिक भद्रगोलमा फसाउछ र राष्ट्रिय राजनितिलाइ कतै न कतै ओझेलमा पार्छ । र माओवादी आन्दोलनलाई असफलता तिर शकेल्न अर्को खाडल खनिरहेको अनुभूति हुन्छ ।
यसो भनिरहदा कतै एकता बिरोधी या पार्टी निर्णय बिरोधी अभिब्यक्ती भन्ने आरोप न आउला भनेर ठम्म्याउन गारो हुन्छ तर यो मैले मात्र भनेको कुरो होइन आम कार्यकर्ता पङ्ती र शुभचिन्तक हरुको माओबादी प्रती चासो र चिन्ताको विषय बनिरहेको छ भन्ने लाग्छ ।
पार्टीका केही युवा नेताहरुले अभियान चलाएको सत्यता पनि छर्लङ्गै छ पार्टी एकताको आधारहरु सहित भएको 13 बुदे सहमती अनुसार पार्टी एकता गरियोस पार्टिको पालुङ्टार भेलाले पारित गरेको रणनिती कार्यनिती र सङ्गठनात्मक ढाचामा फर्किदा कुनै आकाश खसेर पार्टिलाइ बिलय गर्ने थिएन र गर्दैन पनि सबैभन्दा बैज्ञानिक हुन जान्थ्यो र यी सबै समस्याहरु एकमुष्ट हल हुन जान्थ्यो त्यो पनि गर्न नेतृत्व पङ्ती आग्रसर देखिएन यहाँ युवाहरुको आवाजलाई निस्तेज गरियो अर्को तिर एकताका लागि भन्दै गरिएको सहमती उलंघन गरियो । यो सबै कुराले प्रष्ट पारेको छ यो एकताले पार्टी भित्र बढाएको असन्तुलित बातावरण ले समग्र आन्दोलन्को स्पृट समातेर अगाडिको यात्रा अबलम्बन गर्न सक्दैन न त प्राप्त उपलब्धी रक्षाकओ निमित्त महत्वपुर्ण भुमिका निर्वाह गर्न सक्छ । एकता लगतै देखियका केही नेताको अभिब्यक्ती हरुले यो कुरा छर्लङ्ग पार्न मद्दत पुर्याउछ ।पनि नलैजाउ नत्र घर पुरै गन्हाउछ । यसो भनिरहदा दोश्रो सम्बिधान शभाको निर्वाचन तिर फर्केर हेर्न जरुरी छ ।
जुन निर्वाचन माओबादी बगाउने बाढी बनेर आयो होइन ल्याइयो भन्दा बढी उपयुक्ता होला । माओवादी हराउने अभियानमा एकतामा समावेश भएका हरु त थिएनै तेसका आलावा सङै चुनाबी अभियानमा रहेका हरु नै उमेदवार लाई असहयोग गर्न लागिपरे एति सम्मकी निर्वाचन क्षेत्रको लागि केन्द्रले दियको चुनाबी खर्छ चुनाबी प्रयोजनमा आएन ।
काङ्ग्रेस एमालेलाइ साङ्गठनिक भोट बेचियो ।पार्टी भने उता हिजोका सहयोद्धा हरु माओबादी बइरुद्धमा बम पट्काइ रहे । काङ्ग्रेस नजिक भयो हिजोका सहयोद्धा टाढा एमाले सअङ्ग मितेरी गासे माओबादी मुख्य दुस्मन ठहरिय । तिब्र असहयोग भयो । यहि मौकामा बिरोधी हरु खेल्न पाए परिणाम हार बेहोर्नु पर्यो । यो परिनिती बेहोर्नुमा पार्टिका हरेक गतिबिधी परभाबित बनेको सहजै अनुमान लगाउन सकिन्थ्यो ।
-यज्ञ राज ढुङ्गाना (सिधान्त ) हाल मलेशिया क्वलालमपुर ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी