टोकियो।
नेपाल आदिवासी जनजाती महासंघ जापानको आयोजनामा २५६९ औ बुद्द जयन्ती भब्य रुपमा मनाउने तयारी गरेको छ ।
आगामी मे २२ आइतवार निप्पोन म्याहोउजी टोकियोमा एक समारोहको बिच बुद्द जयन्ती मनाउन गैरहेको जनजाती महासङ्घ जापानका वरिष्ठ उपाध्यक्ष तथा बुद्ध जयन्ती समारोहको संयोजक हवल चन्द्र लामाले जानकारी दिनु भयो ।
विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थलबारे विश्वमा फैलाइएको भ्रम चिर्ने उद्देश्यका साथ गर्न लागिएको आयोजकलम्ेजनाएके छ । हरेक वर्ष बुद्धपूर्णिमाका दिन बुद्ध जयन्ती देश विदेशमा मनाउने गरिन्छ ।
यसवर्ष नेपाल सरकारले बुद्धजयन्तीका अवसरमा अन्तर्राष्ट्रिय बौद्ध ऐतिहासिक सम्मेलन गर्न लागेको छ ।
सरकारले आगामी जेठ ६ र ७ गते अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन काठमाडौँमा गर्न गईरहेको छ सो सम्मेलनमा विभिन्न मुलुकका सरकार प्रमुखहरुको उपस्थित हुने जनाएको छ ।
त्यसैले जनजाति महासंघ जापानले पनि बुद्धको जन्मस्थानको भ्रम चिर्न सो कार्यक्रमले टेवा पुग्ने आशा लिएको छ त्यस दिन बौद्ध धर्म गुरुबाट पुजा पाठ हुने बताएको छ ।
घुसेनी मुरा रेस्टुरेन्ट का संचालक पदम गुरुङ्ले प्रायोजन गरेको उक्त समारोहमा सहभागि हुन जापानवासी नेपालीहरुलाई नेफिन जापान का अघ्यक्ष पासाङ शेर्पा ले अपिल गरेको छ ।