नेपाली नायकले बनाए हिन्दी भाषाको लघु चलचित्र……

नेपाली नायकले बनाए हिन्दी भाषाको लघु चलचित्र……

  • शुक्रबार, बैशाख ३१, २०७३
  • मिर्मिरे अनलाइन

  • 13.1K
    SHARES

 काठमाडौं ।

लामो समयदेखी अष्ट्रेलियामा रहँदै आएका नेपाली नायक शंकर लामिछानेले हिन्दी भाषामा लघु चलचित्र ‘गहराई’को सिरिज तयार पारेका छन् ।

पहिलो सिरिज यूट्युब मार्फत सार्वजनिक गर्दै उनले प्रेमकथामा आधारित गहराईका केहि श्रृंखला आउने बताएका छन् । हिन्दी भाषामा तयार चलचित्रको बिषयमा लामिछानेले कला र प्रतिभाको कुनै सिमित भाषा नहुने भन्दै जुनभाषामा आएपनि नेपालीको प्रतिभा नै बाहिर आएको जनाए ।

लामिछानेले सफल नेपाली चलचित्र ’किन लाग्छ माया’मा मूख्य भूमिकामा अभिनय गरेका थिए । त्यसपछि उनि ’ए नेपाली हो’ नामक एक भिडियो सामग्रीबाट एकाएक चर्चामा आएका थिए ।

उनले नेपाली क्रिकेटलाई सम्मान गर्दै गीत, नेपाली लोकसँस्कृतीलाई सम्मान गर्दै विभिन्न तीज गीतहरु तथा हिन्दी गीतहरु समेत गायका छन् । उनले उपन्यासकार बालकृष्ण समको उपन्यास ‘बोक्सी’मा आधारित चलचित्र ‘बोक्सी’ लगाएत अन्य केहि नाटकमा काम गरेका छन् ।

‘गहराई’मा शंकर लामिछानेको साथमा अनिता सुरवित, गिता चन्द्र लामिछाने, आरके अदिप्त गिरी लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

कुश्माज इन्टरटेन्मेन्टले बनाएको चलचित्रलाई नेत्र गुरुङ्ले छायांकन तथा सम्पादन गरेका छन् । ’गहराई’लाई लामिछानेले नै लेखन तथा निर्देशन गरेका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी