कुबेतमा जनप्रगतिशीलका अध्यक्ष धावा कुटिए

कुबेतमा जनप्रगतिशीलका अध्यक्ष धावा कुटिए

  • शुक्रबार, बैशाख ३१, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

वैशाख ।

 कुबेतस्थित एमाओवादी निकट संगठन नेपाली जनप्रगतिशील मञ्चका अध्यक्ष धावा थोक्करलाई कुटपिट गरेको प्रति आपत्ति प्रकट गर्दै दोषीलाई कारबाही गर्न माग गरेको छ । बिभिन्न राजनैतिक दलसँग आबद्ध नेपाली जनसम्र्पक समिति, प्रबासी नेपाली मञ्च, जनप्रगतिशील मञ्च, अन्तराष्ट्रिय नेपाली समाज, एकता समाजले संयुक्त बिज्ञप्ती जारी गर्दै दोषीलाई कारबाही गर्न नेपाली दुतााबास समक्ष माग गरेको हो ।

पीडक थोक्करले आफुलाई कुटपीट गर्नेलाई कारबाही गर्न स्थानीय प्रहरी कार्यालयमा उजुरी समेत दिएका छन् । थोक्करलाई कुबेतको मङ्गाफ स्थित बल्क नम्बर तीनमा एक नेपाली युबा टोलीले साङ्घातिक आक्रमण गरेको मञ्चले जनाएको छ । मञ्चका अनुसार ती युबाहरु ‘हप्ता असुली’मा गरेर कुबेतमा नेपाली समुदायमा त्रसित पार्दै आएको समूह भएको जनाएको छ ।

आक्रमणबाट थोक्करको शरीरको बिभिन्न भागमा गहिरो चोट लागेको छ । ती युबाले माग गरेको रकम नदिएको निहुँमा भेट्न पनि बोलाई आक्रमण गरेको मञ्चले जनाएको छ । कुबेतमा पछिल्लो समय नेपाली समुदायमा आपराधिक क्रियाकलाप बढ्दै गएको दुताबासले गर्न हुने र गर्न नहुने कार्य भन्दै सचेतना जगाउन थालेको छ ।

यसअघि एक कार्यक्रममा युबाहरु बीच खुकुरी हाना हान भएको थियो । कुबेत सरकारले नेपाली समुदायको गतिबिधिको बारे दुताबाससमक्ष चासो जनाइसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी