चैत्र २५ अमेरीका । शेर्पा किदुग अमेरीका न्यूयोर्कले नेपाल डे परेडको सम्बन्धमा ध्यानाकर्षण गराउदै आफूहरुले उठाएको कुराको सुनुवाई गर्न आग्रह गरेको छ ।
नेपाल डे परेडको अवधारणा ल्याउनु स्वागत योग्य कुरा भए पनि ३ करोड नेपाली र राष्ट्रको प्रतिष्ठासँग गासिएको विषयमा अमेरिकामा रहेको सबै नेपाली संघ संस्थाहरुको माझ वृहद छलफल र गृहकार्य नै नगरी ३ वटा संस्थाको अध्यक्षले मात्र आफुखुशी निर्णय गरेको भन्दै गिदुकले आपत्ति जनाएको हो ।
विभिन्न संगठनले नेपाल डे परेड मे २२ मा न्यूयोर्कमा मनाउने निर्णय गरेका थिए ।
तर शेर्पा किदुक अमेरीकाका अध्यक्ष दावा जाङबु शेर्पाले नेपाल डे परेड मे २१ वा बुद्धजयन्तीको दिनमा पार्नु पर्ने अन्यथा यसमा सहभागी हुन नसकिने आज विज्ञप्ति निकालेर स्पष्ट पार्नु भएको छ ।
किदुकले नेपाल सरकारको प्रतिनिधि महावाणिज्यदुत न्यूयोर्कको अगुवाईमा सबै नेपाली संघ सस्थाहरुको सहभागितमा एक मुल आयोजक समिति बनाई उपयुक्त दिनको छनौट गरी नेपाल डे परेड अयोजना गरेमा विवाद रहित हुनेमा जोड दिएको छ ।
“बुद्ध जयन्तीलाई संयुक्त राष्ट्रसंघले हरेक बर्ष बेशक डे को रुपमा मनाउदै आएको आवस्थामा हामी नेपालीहरु बुद्ध नेपालमा जन्मेको हो भनी कराई रहंदा किन बुद्ध जयन्तीलाई नेपाल डे परेडको रुपमा नमनाउने ? सगरमाथाबाट बार्षिक रुपमा करोडौको राज्श्व उठाउदा मे २९ लाई किन नेपाल डे परेडको रुपमा नमनाउने ? बुद्ध र सगरमाथालाई नेपाल सरकार,राजनीतिक दल र अन्य संघसंस्थाहरुले किन बिश्वसामु संधै मागी खाने भांडोको रुपमा मात्र प्रयोग गर्न खोज्छ । ” शेर्पाद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।