एनआरएन अमेरिका जुट्यो एनआरएन कम्युनिटी सेन्टर निर्माणमा

एनआरएन अमेरिका जुट्यो एनआरएन कम्युनिटी सेन्टर निर्माणमा

  • बुधबार, चैत्र १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

अमेरिका । गैर आवाशीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद अमेरिकाको कन्फ्रेन्स कल वैठक सम्पन्न भएको छ ।  शनिवार संघका अध्यक्ष डा. केशव पौडेलको अध्यक्षतामा बसेको वैठकले अमेरिकाको न्युयोर्कलाई केन्द्र विन्दु बनाएर एनआरएन कम्युनिटी सेन्टर निर्माण गर्ने कार्यमा जुट्ने निर्णय गरेको छ ।

एनआरएन आइसीसी,एनसीसी,च्याप्टर,एनसीसी सल्लाहकार,विभिन्न संघ-संस्था र समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरु समेत रहने गरेर एनआरएन,अमेरिकाका अध्यक्ष डा. केशव पौडेलको अध्यक्षतामा एक समिति तयार गरी चाँडै नै प्रारम्भिक चरणको कार्य थाल्ने समेत वैठकले निर्णय गरेको छ ।

एनआरएन अमेरिकाको रिक्त रहेको टास्क फोर्स तथा विविध पक्षमा छलफल गर्दा वरिष्ठ उपाध्यक्ष एवम् उपाध्यक्षहरुले आ-आफ्नो टीमको हाल सम्म भएका गरेका कार्यहरुको बारेमा जानकारी गराउँदै आगामी दिनहरुमा पनि यसरी नै यो भन्दा पनि प्रभावकारी ढंगले कार्यहरु अगाडि बढाउँदै लैजानु पर्नेमा जोड दिने निर्णय गरेको छ ।

यसका अतिरिक्त अमेरिकामा रहेका नेपाली समुदायको हितमा काम गर्न भिन्न भिन्न उद्धेश्य रहेको कार्यदल गठन गर्ने क्रममा डा. अर्जुन बन्जाडे को अध्यक्षतामा २१ सदस्यीय इजुकेशन टास्क र्फोस गठन गरिएको छ ।

वैठकमा एन आर एन,अमेरिकाकी बोर्ड अफ डायरेक्टर श्रीमती गोमा सेनको ममतामयी माता स्वर्गीय दिल कुमारी जिसी प्रति हार्दिक श्रद्धांजली व्यक्त गरिएको थियो भने भर्खरै सम्पन्न अन्तराष्ट्रीय नारी दिवस अमेरिका भरी नै एन आर एन,अमेरिकाकी महिला संयोजक राधा पौडेलको संयोजकत्वमा सफल रुपमा सम्पन्न भएकोमा वहाँ र वहाँको सम्पूर्ण टीमलाई नै धन्यवाद दिइएको थियो ।

त्यस्तै गरेर बैठकले एनअारएन अमेरिकाका मिडिया कोअर्डिनेटर सर्बज्ञ वाग्ले ले नेपालमा गई नेपाली समाजमा वर्षौं देखि क्यान्सरको रूपमा रहेको जुवालाई निर्मूल पार्ने अभियानमा ‘युधिष्ठिर ‘ नामक किताव निकालेकोमा शुभ कामना एवं सफलताको कामना समेत गरेको छ । उक्त वैठक एनआरएन अमेरिकाका महा सचिव तिलक श्रेष्ठले संचालन गर्नु भएको थियो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी