थकालीको महान चाड तोरन्ल सुरु ,बिदेश पनि भब्य रुपमा मनाईदै

थकालीको महान चाड तोरन्ल सुरु ,बिदेश पनि भब्य रुपमा मनाईदै

  • शुक्रबार, चैत्र १२, २०७२
  • मिर्मिरे अनलाइन

  • 15.9K
    SHARES

जापान ,१२ चैत । 
थकाली जातिको महान चाड तोरन्ल अर्थात फागु पुर्णिमा बिधिवत रुपमा सुरु भएको छ।
परम्परागत रुपमा तीन दिन र सांस्कृतिक रुपमा साप्ताहिक रुपमा मनाइने यस चाड स्वदेश तथा विदेशमा भब्य रुपमा मनाइदैछ। नेपालमा थकाली जातिको पुर्ख्यौली थलो मुस्ताङको थाकखोला लगायत काठमाडौं, पोखरा, बुटवल, भैरहवा, चितवन, स्याङ्जा, धनगढी को थकाली समाज घरमा थकाली जातिहरु एकिक्रित भएर मनाउदैछन ।
बिदेशको हकमा जापान लगायत अमेरिका , बेलायत, अष्ट्रेलिया, दक्षिण कोरिया, वेल्जियम, स्विट्जर्ल्यान्डमा पनि थकाली हरु एकजुट भई तोरन्ल चाड मनाउदैछन ।
अमेरिका मा वासिन्टन डि सी न्युयोर्क, क्यालिफोर्निया, भर्जिनियाका, र वाल्टिमोर का थकाली समाजले एकिक्रित भई आ ( आफ्नो स्थानमा पालो पालई गरी यो चाड भब्य रुपले मनाउने गरेका छन ।
यसपालीको तोरन्ल भने वाल्टिमोरमा अप्रिल २ मा मनाउने गरेका छन। तेस्तै दक्षिण कोरिया र जापान मा भने यही मे द्दठ१मा मनाउने भएका छन ।
जापानमा भब्य रुपमा इकेगामी खाइकान हलमा मनाउदैछन । सो कार्यक्रममा सम्पूर्ण थकाली तथा गैर थकाली वन्धुहरु लाई आमन्त्रण गरिएको संस्थाका अध्यक्ष बुद्धी गौचनले बताउनु भएको छ
थकाली जातिहरु हरुले आजै बाट मध्य रातमा क्रमश तीन रात सम्म आफ्न दिवङत पित्रीहरु लाई पिन्ड दिने चलन छ भने, अन्य जातिहरुले तिजमा चेलीलाइ खाना ख्वाउनको लागि आमन्त्रण गरे जस्त्तै थकाली जातिहरुले पनि यस चाडमा चेली ज्वाँईहरुलाई खाना ख्वाउने प्रचलन छ। यस् चाडमा थकाली महिला हरु न्होकोन चोलो मा सजियर कै (गोटा तथा कौडा ) खेल्ने चलन छ भने पुरुषहरु दौरा सुरुवालमा सजियर धनुषवाण खेल्ने प्रचलन छ ।
जापानमा भने यही अप्रिलको २० तारिख का दिन थकालीहरुले योकोहमामा धनुषवाण खेलेर मनाइसकेका छन । वर्तमान अवस्थामा समाज सेवा को नाममा जापान मा अनगिन्ती रुपमा फस्टाएको संस्था हरु मध्य सायद थकाली समाज नै जेठो होला भन्नु हुन्छ , समाजका संस्थापक सदस्य सरद कुमार गौचन ।
स्व।मातृका गौचन को अध्यक्षता र स्व।डा योगेन तुलाचनको सरक्षकत्वमा सन १९९१ जुन मा स्थापना भएको थियो । स्थापनाकाल देखी नै निरन्तरतर रुपमा तोरन्ल मनाउदै आएको जापानमा भने गत ३ वर्ष देखी धनुष्वाण पनि खेल्दै आएका छन ।प्रेमिला गौचनको सहयोगमा

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी