पारिश्रमिक नपाउँदा २१ नेपाली कामदारको बिचल्ली

पारिश्रमिक नपाउँदा २१ नेपाली कामदारको बिचल्ली

  • मङ्लबार, फाल्गुन ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

साउदी अरब, ४ फागुन ।
रोजगारदाता कम्पनीले पारिश्रमिक नदिँदा रोजगारीका लागि साउदी अरब आएका २१ जना नेपाली बिचल्लीमा परेका छन् ।

दमामस्थित अलसत्रायन कन्ट्रयाक्टीङ कम्पनीमा कार्यरत ती नेपाली कामदारले आठ महिनाको पारिश्रमिक पाएका छैनन् । रोजगारदाता कम्पनीले गत वर्षको जुलाईदेखि हालसम्मको पारिश्रमिक दिएको छैन । उनिहरु काठमाडौँमा रहेको स्काइवे म्यानेजमेन्ट प्रालि, डीएचआर डेस्टेनी हुमन रिर्सोस र न्यू एसभी ईन्टरनेशलनमार्फत् साउदी आएका हुन् । बिचल्लीमा परेको भन्दै पीडितले उद्धारको आग्रह गरेका छन् । पीडितलाई खान बस्नसमेत समस्या भएको छ ।

निर्माण क्षेत्रमा काम गर्ने उक्त कम्पनीले पछिल्लो समय बजारमा काम पाउन नसकेपछि कामदारलाई पारिश्रमिक दिन नसकेको बुझिएको छ । कम्पनीको आम्दानीको स्रोत बन्द भएको भन्दै पारिश्रमिक नदिइएको रामेछापका श्याम खड्काले बताउनुभयो । कम्पनी सञ्चालकले कम्पनीमा आर्थिक अभाव भएको भन्दै पारिश्रमिक दिन मानेको छैन” उहाँले भन्नुभयो ।

पारिश्रमिक नपाएको विषयमा तीन महिना अगाडि नेपाली दूतावासलाई लिखित जानकारी गराए पनि सुनुवाई नभएको पीडितको गुनासो छ । “दूतावासलाई पटक–पटक उद्धार गरी पाउँ भनि निवेदन दिँदै आएको छौँ” खोटाङका खड्कबहादुर कटुवालले भन्नुभयो । पारिश्रमिक नपाए पछि काम छाडेर बसेको चार महिना बितेको पीडितले बताएका छन् ।

पारिश्रमिक नदिएपछि स्वदेश पठाइदिन आग्रह गर्र्दै आएपनि कम्पनीले स्वदेश फर्कन दिएको छैन । रोजगारदाताको बेवास्ताका कारण नेपाली कामदार एउटै कोठामा कोचिएर चिसो भुइँमा सुत्न बाध्य छन् । “कतारबाट भाईसँग पैसा मगाएर खाना खाने जोहो मिलाए” इटहरीका आनन्द खतिवडाले भन्नुभयो । न्यायका लागि दुई महिना अघि श्रम अदालतमा मुद्दा हालेपनि अदालतले समेत सुनुवाई नगरेको उहाँको गुनासो छ ।

दाङका गंगाबहादुर पुन मगर ऋण काढेर मेनपावर कम्पनीलाई रु एक लाख दश हजार बुझाएर १४ महिना अघि साउदी आएका हुन् । “साहुसँग लिएको ऋण कसरी चुक्ता गर्ने पिरलो छ” उहाँले भन्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी