साउदीमा ज्यान गुमाएका सुनिलको परिवारलाई सहयोग

साउदीमा ज्यान गुमाएका सुनिलको परिवारलाई सहयोग

  • शुक्रबार, माघ २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

साउदी अरब, २९ माघ ।

हृदयघातका कारण तीन महिनाअघि साउदी अरबमा ज्यान गुमाएका पर्वत थानामौला–२ का २५ वर्षीय सुनिल नेपालीको परिवारलाई साउदीका नेपालीले रु चार लाख नगद सहयोग गरेका छन् ।

उनी कार्यरत ‘ओल्यान डिस्कोन’ कम्पनीमा रहेका नेपालीले रकम सङ्कलन गरेर रु १४ हजार २६४ साउदी रियल अर्थात् रु चार लाख ७४२ आर्थिक सहयोग गरेका हुन् ।

सङ्कलित रकम सुनिलकी आमा मैताकुमारीको नाममा रु दुई लाख ३७१ र उनकी श्रीमती यममायाको नाममा रु दुई लाख ३७१ गरी दुबै जनालाई बराबर रकम पठाइएको भोजकुमार कार्कीले जानकारी दिनुभयो ।

नेपालीको परिवारको आर्थिक अवस्था नाजुक रहेको र आम्दानीको स्रोत समेत केही नभएका कारण परिवारको लालनपालनमा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम सङ्कलन गरी पठाइएको कार्कीले बताउनुभयो ।

उनको साउदी आएको दुई महिना नबित्दै गत कात्तिकमा सुतेकै अवस्थामा ओछ््यानमै मृत्यु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी