बङ्गलादेश र अमेरिकाद्वारा शोक व्यक्त

बङ्गलादेश र अमेरिकाद्वारा शोक व्यक्त

  • बुधबार, माघ २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाडौँ, २७ माघ ।

नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको असामयिक निधनमा गहिरो दुःख व्यक्त गर्दै बङ्गलादेश र अमेरिकाले शोक व्यक्त गरेका छन् ।

बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले नेपाली काँग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेललाई आज एक शोक सन्देश पठाएर दिवङ्गत नेताप्रति हार्दिक श्रद्धाञ्जलि एवम् नेपाली काँग्रेस, नेपाली जनता र शोकाकूल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।

सन्देशमा प्रधानमन्त्री हसिनाले नेता कोइराला एक राजनेता तथा लोकप्रिय नेता हुनुहुन्थ्यो भन्दै इतिहासको कठिन परिस्थितिमा उहाँले देखाउनुभएको दृढ नेतृत्व तथा महान् सीप र नेतृत्वको स्मरण गर्नुभएको छ । उहाँले श्री कोइरालाको निधनबाट नेपालमात्र नभई समग्र दक्षिण एसियामा अपुरणीय क्षति भएको बताउनुभएको छ ।

बङ्गलादेशको स्वतन्त्रता सङ्ग्रामका बेला उहाँले निर्वाह गर्नुभएको निःस्वार्थ एवम् साहसपूर्ण भूमिकाको आफ्नो मुलुकले सधैँ स्मरण गरिरहने उल्लेख गर्दै प्रधानमन्त्री हसिनाले सन्देशमा स्वर्गीय कोइरालाको आत्माको चिरशान्तिको कामना गर्नुभएको छ ।

यसैबीच, यहाँस्थित अमेरिकी राजदूतावासले पनि नेता कोइरालाको निधनमा नेपाली जनताप्रति सहानुभूति एवम् ऐक्यबद्धता प्रकट गरेको छ ।

प्रजातन्त्रका हिमायती नेता कोइरालाको प्रधानमन्त्रीत्वकालमा नयाँ संविधान जारी हुनु महान् उपलब्धि भएको भन्दै अमेरिकाले नेपालको प्रजातान्त्रिक भविष्यप्रति प्रतिबद्ध कोइराला भावी पुस्ताका निम्ति दृष्टान्त बन्ने विश्वास व्यक्त गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी