काठमाडौँ, २७ माघ ।
नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको अप्रत्यासित निधन भएकोमा इजरायलले समवेदना व्यक्त गरेको छ ।
इजरायल सरकारकातर्फबाट नेपालका लागि इजरायली राजदूत यारोन मायरले नेपाली काँग्रेसका कावा सभापति रामचन्द्र पौडेललाई आज एक शोक सन्देश पठाइ नेपालका ३७ औँ प्रधानमन्त्रीका रुपमा नेता कोइरालाले निर्वाह गर्नुभएको नेतृत्वदायी भूमिकाको प्रशंसा गर्नुभएको छ ।
इजरायलका असल मित्र कोइरालाको निधनबाट अपूरणीय क्षति भएको उल्लेख गर्दै राजदूत मायरले सन्देशमा संविधान घोषणामा उहाँले निर्वाह गर्नुभएको भूमिकाको सदैव स्मरण गरिने उल्लेख गर्नुभएको छ । साथै उहँले महान् नेता कोइरालाका परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline