प्रतिनिधि छनोटमा असन्तुष्टि

प्रतिनिधि छनोटमा असन्तुष्टि

  • सोमवार, माघ २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

कतार, २५ माघ ।

जनसम्पर्क समिति कतारले नेपाली काँग्रेसको १३ औँ महाधिवेशनका लागि विमल सुवेदी, नरेन्द्र भाट, बद्री पाण्डे, धीरज चाम्लिङ, क्रान्ति सिंह, मो अजिज अली र भीम बलायरलाई महाधिवेशन प्रतिनिधिमा पठाउने निर्णय गरेको छ ।

आइतबार राति सम्पन्न अधिवेशनले प्रतिनिधि छनोट गरेको समितिले जनाएको छ । यसैबीच केही असन्तुष्ट पक्षले प्रतिनिधि छनोटमा विरोध जनाएका छन् । केही सीमित व्यक्तिले आफूखुसी प्रतिनिधि छनोट गरेको भन्दै सम्पर्क समितिका मधेस विभाग सल्लाहकार मोहबद साकिर अलीको संयोजकत्वमा सङ्घर्ष समिति नै बनाएर प्रतिनिधि छनोटमा मधेस समुदायलाई वञ्चित गरिएको भन्दै छनोट प्रक्रिया सच्याउन माग गरिएको छ ।

कार्यसमिति सदस्य रामबाबु यादव, याकुब मियाँ, सुनिल मण्डललगायतले मधेसी समुदायको भावनामा खेलबाड गर्दै प्रतिनिधि छनोट समानुपातिक तथा समावेशी नभएको भन्दै आफूहरुमाथि अन्याय भएकाले तत्काल सच्याउन आह्वान गर्नुभयो । कतारमा काँग्रेसका क्रियाशील सदस्य ५४२ जना कार्यरत छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी