बागलुङका कँंडेलको जापानमा दुर्घटनामा मृत्यु

बागलुङका कँंडेलको जापानमा दुर्घटनामा मृत्यु

  • शनिबार, माघ २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

जापान, २३ माघ ।

रोजगारीका लागि जापान आएका बागलुङ गल्कोट– ९ काँडेवासका २१ वर्षीय ओमकार कंँडेलको मृत्यु भएको छ ।

पारिवारिक भिसामा १९ महिनाअघि जापान आएका कंँडेलको टोकियोबाट १३ किलोमिटरको दुरीमा रहेको ओओमोरी खाइदान भन्ने स्थानमा भएको रेल दुर्घटनामा मृत्यु भएको हो ।

टोकियोको कामातामा बुबा,आमा र भाइसँगैं बस्दै आएका कँडेल केही दिन अघिदेखि घरपरिवार तथा आफन्तको सम्पर्क बाहिर रहेको मृतकका बाबु टोपलालले बताउनुभयो ।

बिहीबार दिउँसो २ बजे ओओमोरी खाइदान स्टेसनमा गुडिरहेको तीव्रगतिको रेलको ठक्करबाट शव क्षत विक्षत भएका कारण पहिचान गर्न समय लागेको टोकियो महानगरका प्रहरीले जानकारी दिएका छन् ।

टोकियो प्रहरीले ढिलो गरी शुक्रबार अपरान्न नेपाली राजदूतावासलाई जानकारी गराएको थियो । घटनापछि कंँडेल परिवार शोकाकुल भएको छ भने जापानवासी नेपाली चिन्तित भएका छन् ।

मृतक कंँडेलको शव अहिले पनि प्रहरी नियन्त्रणमा रहेको र सोमबार मेगुरोस्थित स्थानीय दाहसंस्कार केन्द्रमा अन्त्येष्टि गरिने परिवारजनले बताएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी