अरब गएको दुई हप्तामै मृत्यु

अरब गएको दुई हप्तामै मृत्यु

  • शुक्रबार, माघ ८, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

परासी, ८ माघ । पैसा कमाउन साउदी अरब गएका एक नेपाली युवकको अरब गएको दुई हप्तामै मृत्यु भएको छ । तनहुँ कोटा– १ घर भएका २९ वर्षीय पदमबहादुर गुरुङको साउदी अरबमै गएको दुई सातामा मृत्यु भएको नवलपरासीको कावासोतीस्थित सुरक्षित आप्रवासन केन्द्रले जनाएको छ ।
परिवारका सदस्यहरुको आग्रहमा गुरुङको शव नेपाल ल्याउने पहल भइरहेको केन्द्रकी परामर्शदाता रञ्जना लम्सालले जानकारी दिनु भयो ।
नेपाली दूतावासले पनि गुरुङको मृत्यु भएको खबर पाएको र थप बुझेर शव नेपाल फर्काउने पहल भइरहेको उहाँले बताउनु भयो ।
गुरुङका मिलिनियम म्यानपावर काठमाडौँबाट यही पुस ११ गते साउदी गएका थिए । काम गर्दागर्दै यही पुस २४ गते उनको मृत्यु भएको हो । गुरुङ अल्यामा नामक कम्पनीमा काम गर्दथे । पदमबहादुरका एक छोरा र एक छोरी छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी