सर्लाहीका देव धिमालले शुरु गरे ईएईमा व्यापार

सर्लाहीका देव धिमालले शुरु गरे ईएईमा व्यापार

  • मङ्लबार, पुस २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

दुबई ।  शंकरपुर–३ सर्लाहीका देव धिमालले युएईमा व्यापार शुरु गरेका छन् ।  दैनिक उपभोग्य सामग्री, ताजा फलफूल र विभिन्न ब्रान्डका पेय पदार्थको होलसेल तथा खुद्रा व्यापार गरी नेपालमै उत्पादित सामग्रीलाई अन्तर्राट्रिय बजारसम्म पुर्याउने लक्ष्यका साथ उनी काम गरिरहेका छन् ।

दस वर्षअघि सर्लाहीबाट सात सय दिराम्स मासिक तलबमा काम गरी एउटा परिवारलाई खुसी राख्न दुबई आएका उनले अहिले दस परिवारका सदस्यलाई रोजगारी दिएका मात्र छैनन्, आफ्नै जिल्लाकै नाममा यूएईमा एक व्यावसाय सुरु गरेका छन् ।

अंग्रेजी नयाँ वर्षको अवसरमा गत १ तारिख उनका भाइ दिल धिमालको सहकार्यमा एक ग्रोसरी उद्घाटन गरेका छन् । यूएईको प्राचीन बजार देराको हर्लेन्स एरियामा रहेको पोस्ट अफिस छेउमै स्थापना भएको ग्रोसरीको नाम सर्लाही फुडस्टफ राखिएको छ । सर्लाहीलाई उनी यति माया गर्छन् कि आफ्नो फेसबुक एकान्उट पनि सर्लाहीकै नामबाट राखेका छन् ।

यूएईमा रहेका नेपालीहरुलाई नेपाली चामल, दाल, भट्मास, सिकुटी, चिउरा लगायत यही उत्पादित ताजा तरकारीहरुको व्यापार गर्ने व्यावसायी धिमालले बताए । दस वर्षभन्दा बढी मार्केटिङको क्षेत्रमा काम गरेको अनुभव संगालेका धिमाल नेपालमा उत्पादित खाद्यसामग्री यूएईमा ल्याई नेपाली अर्थतन्त्रमा केही राहत पुर्याउने बताउँछन् । नेपाली तथा अन्य समुदायलाई लक्षित गर्दै स्थापना गरेको फुडस्टफमा होलसेलर, रिटेलर दुबै प्रकृतिको सेवा प्रदान गरिने स्टोर सम्हालिरहेका दिल धिमालले जानकारी दिएका छन् ।

विभिन्न ब्रान्डका सफ्ट ड्रिक्स, इनर्जी ड्रिक्स नेपालको बजारमा निर्यात गरिरहेका धिमाल यहाँको पेप्सी कम्पनीमा काम गरेको अनुभव आफ्नो व्यापारमा लगाएर स्वस्थ तथा ताजा खाद्यसामग्री पुर्याउने लक्ष्य रहेको बताउँछन् ।
यूएई आएर ब्यापार गर्ने नेपालीहरुको संख्या तीन सयभन्दा बढी छ । रेस्टुरेन्ट, ट्राभल, ब्युटीपार्लर आदि क्षेत्रमा उल्लेख्य नेपालीहरुले लगानी गरी उल्लेख्य सफलता पाएका छन् । दुबईमा कार्यरत नेपाली व्यावसायीहरुले नेपाली बिज्नेस काउन्सिल यूएईको सरकारी निकायमा औपचारिक रुपमा दर्ता गरी आफ्नो गतिविधिलाई अगाडि बढाइरहेका छन् ।

विश्वकै श्रम बजारमा थ्रि डी अर्थात् डर्टी, डेन्जर र डिफिकल्ट काम गर्ने नेपालीहरुको परिचय धिमाल दाजुभाइ जस्तै परदेशमै व्यापार गरिरहेका कर्मठ नेपालीहरुका कारण बदलिँदै गएको छ । नेपालीहरु निम्न स्तरको, गाह्रो र खतरा काम मात्र होइन, आफ्नो लगनशीलता र अनुभवले खारिँदै गएपछि व्यापारव्यावसाय गर्न पनि सक्षम छन् भन्ने कुरा प्रमाणित हुँदै आएको छ । त्यसको पछिल्लो उदाहरण बनेका छन् धिमाल । धिमाल दाजुभाइलाई अग्रीम शुभकामना ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी