कोरिया , २७ पौष ।
रोजगारीका शिलशिलामा दक्षिण कोरियामा रहेका एक नेपालीको आईतवार राति मृत्यु भएको छ ।
रोजगार अनुमति प्रणाली ईपीएसमार्फत गत जुन ८ मा कोरिया पुगेका संखुवासभा मानेभन्ज्याङका ३४ बर्षीय ठाकुरप्रसाद याम्फु राईको गएराती सुतेकै अवस्थामा मृत्यु भएको हो ।
छाल्लाबोक्दोमा रहेको एक फर्ममा कार्यरत ठाकुर दिउसोसम्म सकुशल नै रहेको उनका साथी किशोर राईले जानकारी दिए । सुतिरहेको अवस्थामा राती साढे १ बजेतिर ठाकुर घुरेको आवाज आएपछि संगै सुतेका साथीहरुले उठाएका थिए ।
उनको अवस्था गम्भीर देखेपछि एम्बुलेन्स बोलाइएको भए पनि एम्बुलेन्स नपुग्दै उनको मृत्यु भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline