ओमानमा संयुक्त बैचारिक संयन्त्र गठन

ओमानमा संयुक्त बैचारिक संयन्त्र गठन

  • बिहिबार, पुस २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

ओमान।   

ओमानमा बैचारिक रुपले आस्थावान चार क्रियाशील संघ संगठनहरुको एक भेलाले प्रवासमा कार्यरत नेपालीहरुबीच आइपर्ने समस्याहरु समाधानमा सहज वाताबरण तयार पार्ने उद्देश्य राखी संयुक्त बैचारिक संयन्त्र गठन गरिएको छ ।

सो संयुक्त भेलाद्वारा शोभाकान्त लामिछानेको संयोजकत्वमा प्रत्येक चार संघ संगठनहरुको दुई दुई जना प्रतिनिधि रहने गरी संयन्त्र गठन गरिएको छ ।

गठित सो समितिमा प्रवासी नेपाली मञ्च ओमानका तर्फबाट गगन कार्की र लिलानाथ कोइराला, जनप्रगतिशील मञ्च ओमानका तर्फबाट पदम् प्रसाद अर्याल र तुला गिरी, ओमान नेपाली एकता समाजका तर्फबाट छबिलाल बस्नेत र जी.बी. लामा तथा नेपाली जनसम्पर्क समिति ओमानका तर्फबाट फर्सुराम पोखेरल र बेदनिधि आचार्य रहने निर्णय गरिएको छ ।

साथै चाँडै नै आचार संहिता तयार गरी आगामी पहिलो बैठकमा सार्वजनिक गर्ने र कार्यान्वयन गर्न गराउन पहल गर्ने र सार्वजनिक रुपमा आयोजना गरिने कुनै पनि साझा कार्यक्रमहरु र बिविध बिषयहरुमा प्राथमिकताका आधारमा छलफल गरी कार्यान्वयन गर्ने निर्णय समेत सर्व सम्मतद्वारा पारित गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी