अष्ट्रेलियामा पीआर पाउनेमा नेपाली नवौं स्थानमा

अष्ट्रेलियामा पीआर पाउनेमा नेपाली नवौं स्थानमा

  • मङ्लबार, पुस २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाण्डौ ,२१ पुस ।

अष्ट्रेलियामा स्थायी बसोबास अनुमति (पीआर) पाउनेमा नेपाली नवौं नम्बरमा परेका छन् ।

आप्रवासन कार्यक्रम अन्र्तगत सन् २०१४र१५ को अबधिमा कुल ४ हजार १ सय ३० जना नेपालीले स्थायी बसोबास अनुमित पाएका छन् ।
अष्ट्रेलियाको डिपार्टमेन्ट अफ माइग्रेसन एण्ड बार्डर प्रोटेक्सनले हालै सार्वजनिक गरेको तथ्याङअनुसार नेपाल शीर्ष १० मुलुकमध्ये नवौं स्थानमा पर्न सफल भएको हो ।

यद्यपि अघिल्लो बर्ष यहि अवधिमा ४ हजार ३ सय ६४ जनाले स्थायी बसोबास अनुमति पाएका थिए ।

सार्वजनिक तथ्याङ्कअनुसार पीआर पाउने मुलुकको पहिलो स्थानमा भारत र दोस्रो स्थानमा चीन रहेको छ ।

यसैगरी बेलायत तेस्रो, फिलिपिन्स चौथो, पाकिस्तान पाँचौं, आइरिस रिपब्लिक छैटौं, भियतनाम सातौं, दक्षिण अफ्रिका आठौं र नेपाल नबौं स्थानमा छन् । मलेसिया दशौं स्थानमा पर्न सफल भएको छ ।

अष्ट्रेलियाको आप्रवासन कार्यक्रममा स्थायी अनुमति पाउनेमा दक्षिण एशियाली मुलुकबाट मात्रै २८.९ प्रतिशत रहेका छन् । अष्ट्रेलियामा स्थायी अनुमति पाउनेहरुमा रोजगारदाताको प्रायोजनप्राप्त दक्ष जनशक्तिको हिस्सा सवैभन्दा धेरै छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी