बर्लिन, मंसिर ३
भारतले अघोषित रुपमा गरेको नाकाबन्दीको विरोधमा जर्मनीमा बस्ने नेपाली समुदायलेविरोध जनाएका छन। अघोषित नाकावन्दीको विरोधमा नेपाली जनसमुदायले आजबर्लिनस्थित भारतीय राजदुतावास अघी प्रर्दशन गरेका हुन।
गैह्र आवासीय नेपाली संघजर्मनीको संयोजकत्वमा आयोजना गरिएको विरोध कार्यक्रममा, जर्मनीका विभिन्नशहरबाट सय भन्दा बढी नेपालीहरुले र केही जर्मन नागरिकले पनि सहभागीता जनाएका थिए ।
कार्यक्रममा गैह आवासीय नेपाली संघ जर्मनी र अन्य उपस्थित सबै द्वारा हस्ताक्षरित विरोध पत्र भारतीय दुताबासलाई हस्तान्तरण गरिएको थियो ।
पर्दशनकारीहरुले मोदी स्टप इलिगल बल्केज इन नेपाल, नेइवर हेल्प नट हर्ट, मोदी इजअगेनिष्ट अफ ह्युमन राइट्स, डोइङ बल्केज इन नेपाल जस्ता नाका वन्दीको विरोधमा लेखिएका प्लेकार्डहरु सहित प्रदर्शन गरेका थिए। प्रर्दशनकारीहरुले अघोषित नाकावन्दीतत्काल फिर्ता गरिनुपर्ने र नेपाल र भारतबिच मित्रतापुर्ण सम्बन्ध कायम गरिनुपर्ने मागराख्दै नारावाजी गरेका थिए ।
विरोध कार्यक्रममा गैह आवासीय नेपाली संघका प्रमुख संरक्षक जिवा लामिछाने, संरक्षकदिल बहादुर गुरुग, आइसिसीका उपाध्य कुमार पन्त, सल्लाहकार पुष्प थापा, नेपालीजनसम्पर्क समितीका सभापति विजय मोत्तान, विद्यार्थीका तर्फबाट विजय गिरीलगायतले विरोध मन्तव्य राखेका थिए। यस्तै विरोध सभामा ऐक्यवद्धता जाहेर गर्दैजर्मनहरुको तर्फबाट डा० मेल्मा मोरले आफ्नो भनाई राखेका थियीन ।
विरोध सभाको सञ्चालन गैह आवासीय नेपाली संघका अध्यक्ष नवराज रोस्यारालेगर्नुभएको थियो भने कार्यक्रमको अन्तमा एनआरएन एलसिसी बर्लिनका संयोजक राजेशसुनारले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।