बेल्जियम बस्ने नेपालीबाट विद्यालयलाई पाँच लाख सहयोग

बेल्जियम बस्ने नेपालीबाट विद्यालयलाई पाँच लाख सहयोग

  • शनिबार, कार्तिक २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

गुल्मी, २८ कात्तिक । बेल्जियममा बस्दै आएका बागलुङवासीले यहाँका एक विद्यालयलाई आर्थिक सहयोग प्रदान गरेका छन् ।

काँडेबास–९ स्थित जनजागृति उच्च माध्यमिक विद्यालयलाई बागलुङ समाज बेल्जियमले पुस्तकालय तथा विज्ञान प्रयोगशाला निर्माणका लागि रु पाँच लाख सहयोग प्रदान गरेको विद्यालयका प्राचार्य तेजिन्द्रबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।

सो समाजका सचिव तथा भूतपूर्व विद्यार्थी माधव सापकोटाको पहलमा हाल रोजगारी सिलसिलामा बेल्जियममा रहेका बागलुङवासी नेपालीबाट सहयोग रकम सङ्कलन गरिएको हो । सहयोग रकमले विद्यालयको शैक्षिक उन्नयनका लागि ठूलो टेवा पुग्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी