जापानमा रहेका सुदूरपश्चिमेलीहरुको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा चलाउने

जापानमा रहेका सुदूरपश्चिमेलीहरुको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा चलाउने

  • सोमवार, कार्तिक २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.7K
    SHARES

काठमाडौं, २३ कार्तिक ।
सुदूरपश्चिमेली समाज जापानको तेस्रो अधिबेशन आइतबार टोक्योमा सम्पन्न भएको छ । अधिबेशनले पूर्ण चलाउनेलाई समाजको २ वर्षे कार्यकालका लागि अध्यक्षमा चयन गरेको छ ।
 
जापानको राजधानी टोक्यो सहरमा भएको अधिवेशनबाट चलाउनेको अध्यक्षतामा १३ सदस्यीय कार्यसमितिको पनि चयन गरिएको छ । अधिबेशनबाट सर्वसम्मत चयन भएको कार्यसमितिको उपाध्यक्षद्वमा एकेन्द्र थापा र पदम ठगुन्ना रहेका छन् । त्यसैगरी महासचिबमा भुवनशंकर भट्ट, सचिवमा लोकेन्द्रजंग कुँवर र कोषाध्यक्षमा सोना केसीलाई चयन गरिएको छ ।
त्यसैगरी सदस्यहरुमा कृष्ण कोइराला, तपेन्द्र न्यौपाने, कृष्ण भण्डारी, रामु बिस्ट र सत्यराज जोशी चयन भएका छन् । त्यसैगरी अधिवेशनले जापानका बिभिन्न क्षेत्रका संयोजकहरु पनि निर्वाचित गरेको छ । जस अनुसार समाजको निगाता संयोजकमा लक्ष्मण सन्ज्याल, नागोया संयोजकमा भुपेश साउद, गुम्बा संयोजकमा गोबिन्द कुँवर र चिबा संयोजकमा रामु खड्का चयन भएका छन् ।
 
त्यसैगरी समाजको सल्लाहकारमा आशिष रावल, बिष्णु भट्ट, भरत नेगी, गणेश बिस्ट, चन्द्रप्रसाद उपाध्याय, दिनेश रताला जोशी र कलेन्द्र बिक्रम शाहीलाई चयन गरिएको छ ।
 
जापानस्थित नेपाली राजदुत डा. मदनकुमार भट्टराईले पानसमा दिप प्रज्वलन गरी उद्घाटन गरेको अधिवेशनमा जापानभरि रहेका सुदुरपश्चिमेलीहरुको उपस्थिति रहेको थियो । अधिवेशनको उद्घाटनका क्रममा राजदुत डा. भट्टरार्इले सुदूरपश्चिमेली समाजले जापानमा प्रशंसायोग्य काम गरेको बताउँदै आगामी दिनमा पनि पनि समाजले अझै सामाजिक सक्रियता बढाउने बिश्वास ब्यक्त गर्दै गरे ।
समाजलाई दुतावासका तर्फबाट आवश्यक पर्ने सबै सहयोग सधै रहने बताउँदै राजदुत भट्टराईले जापनबाट नेपालप्रति जागेको नेपाली राष्टियताको भावना निकै उच्च रहेको बताए ।
 
त्यसैगरी एनआरएन जापानका अध्यक्ष सुदन थापाले सुदूरपश्चिमेली समाज उर्जाशील युवाहरुको समूह भएको बताउँदै समाजसँग सहकार्य गर्दै अगाडि बढ्ने धारणा व्यक्त गरे । कार्यक्रममा दुतावासका अधिकारी रेवन्त केसी र डा. बिजय ज्ञवालीले पनि समाजको अधिबेशन सफलताको शुभकामना व्यक्त गरेका थिए ।
 
कार्यक्रममा निबर्तमान अध्यक्ष आशिष रावलले सहभागीहरुमा धन्यबाद ज्ञापन गर्दै सभा बिसर्जन गरे भने लोकेन्द्रजंग कुँवरले कार्यक्रमको संचालन गरेका थिए ।
 
नयाँ कार्यसमितिले पत्रकार भोजराट भाटले निर्माण गरेको चलचित्र सुनकलीकी मुख्य पात्र सुनकली बुढाको शैक्षिक स्तर उकास्नका लागि सहयोग रकमको पनि घोषणा गरेको छ । मुगु जिल्लाकी सुनकली बुढा र उनको टोलीको फुटबल खेलका बारेमा बनाइएको चलचित्र सुनकलीले थुप्रै अन्तराष्टिय अवार्ड पाइसकेको छ

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी