काठमाडौं, २० कार्तिक ।
युएईमा मृत्युदण्ड सुनाइएका दार्चुलाका अम्मरबहादुर वमको रिहाईका लागि पहल गर्न सुदुरपश्चिम सेवा समाज युएईले सरकारसँग आग्रह गरेको छ ।
समाजका महासचिव मानवहादुर केसीले राष्ट्रपति, प्रधानमन्त्रीको सचिवालय र उपप्रधान तथा रक्षा मन्त्री भिमबहादुर रावललाई ज्ञापन पत्र बुझाउँदै वमको रिहाईका लागि तत्काल पहल थाल्न आग्रह गर्नुभएको हो ।
ज्ञापन पत्र बुझाएका सबै निकायबाट सकारात्मक आश्वसन पाएको महासचिव केसीले बताउनुभयो ।
जेलमा रहेर मृत्युको दिन पर्खिरहेका वमको उद्धारमा सरकारले पहल थाल्ने कुरामा आफू विश्वस्त रहेको केसिले बताउनुभयो । वमको उद्धारकालागि सहयोग गर्न उहाँले सबैसँग आग्रह पनि गर्नुभएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline