प्रवासी नेपालीद्धारा दुई विद्यालयमा अक्षयकोष स्थापना

प्रवासी नेपालीद्धारा दुई विद्यालयमा अक्षयकोष स्थापना

  • बिहिबार, कार्तिक १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाण्डौ,१९ कात्तिक ।

विदेशमा बस्दै आएका प्रवासी नेपालीले दाङको विकट गाविस सैघाका दुई विद्यालयमा एक लाखको अक्षयकोष स्थापना गरेका छन ।

ताप्लेजुङ घर भई बेलायतमा बस्दै आएकी सुष्मा राईले जनता प्रावि काउलेचौर सैघामा रु ५० हजारको अक्षयकोष स्थापना गरीदिएकी हुन ।

त्यसैगरी पोखरा घर भई बेलायतको स्कटल्यान्डमा बस्दै आएका जोनी पाहारी र मैना पाहारीले भूमि निमावी सैघा–७ बाम्लामा रु ५० हजारको अक्षयकोष स्थापना गरेका छन ।

एक कार्यक्रमको आयोजना गरी भूमि निमाविका प्रअ तिलक बुढाथोकी र जनता प्राविका प्रअ मञ्जु देवकोटालाई उनीहरुले उक्त अक्षयकोषको रकम हस्तान्तरण गरेका छन ।

त्यस अवसरमा परवासी मञ्च युकेका सल्लाहकारसमेत रहेका राईले दुर्गम क्षेत्रमा बस्दै आएका बालबालिकाको सहयोगार्थ आफूले अक्षयकोष स्थापना गरेको भन्दै यसलाई हरेक वर्ष बढाउँदै पाँच लाखसम्म पु¥याउने लक्ष्य रहेको जानकारी दिएका छन ।

यस्तै जोनी पाहारीले आफूले हरेक वर्ष थोरैथोरै भए पनि अक्षयकोष रकम बढाउँदै लैजाने कार्यक्रम रहेको बताएका छन । त्यस अवसरमा विद्यालयलाई शैक्षिक सामग्री, खाद्य सामग्रीसाथै कपडासमेत हस्तान्तरण गरेका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी