मलेशियामा रोजगारीका लागि गएका युवाहरुको बिचल्ली

मलेशियामा रोजगारीका लागि गएका युवाहरुको बिचल्ली

  • बुधबार, कार्तिक १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

मलेशियामा रोजगारीका लागि गएका धेरै नेपाली युवाहरु अहिले समस्यामा पर्न थालेका छन् । कतिपय युवाहरु खान समेत नपाउने अवस्थामा पुगेको खबर सम्प्रेषण गरीरहेका छन् । एकातिर म्यानपावर कम्पनीले तोके अनुसारको काम र पैसा नहुनु, अर्कोतिर पैसाको भाउ घट्न् जस्ता समस्याले युवाहरु समस्यामा परेका छन् ।

 ‘खानाखाने पैसा पनि छैन ,छिमेकी नेपाली दाजुभाईको होस्टेलमा मागेर खाँदै दिन गुजार्दै बस्नु परेको छ ।’ मलेसिया स्थित जोहोरभारु राज्यमा धेरैनैं चिन्तित अवस्थामा भेटिएका हरि कार्की भन्दै थिए, ‘यहाँ कमाउन त त्यस्तै हो, खान नपाएर मर्ने अवस्था भयो ।’ खुईए गर्दै उनले भने ‘कसले सुनिदेला हाम्रो व्यथा ।’

ईटहरी घर भएका कार्की ११ महिना अघि मलेसिया आएका थिए । काम गरेको ४ महिनाको तलबसमेत नदिएको गुनासो malaysia1गर्दै उनले नेपाल फर्काईदिए धेरै राम्र्रो हुने बताए ।

त्यहाँ रहेका कार्किको मात्र होईन एलएलएच सप्लायर्स कम्पनीमा रोजगारीका लागि आएका दुई सय बढि नेपाली युवाहरु मलेसियाको विभिन्न स्थानमा काम गरेको पैसा नपाएपछि मंलवारबाट काम बन्दगरि होस्टेलमा दिन बिताईरहेका छन् । मलेसियाको जोहोर, पेनाङ र सेलाङगर राज्यको केलाङका होस्टेलहरुमा गरि दुई सय बढिले यस्तो अवस्था भोगिरहेको कार्किले बताए ।

कार्कि, नेपाल स्थित आदर्स मेनपावर प्रालिबाट १ लाख ४० हजार बुझाएर मलेसिया आएका हुन् । यस्तै, सोही कम्पनीमा मलेसिया आएका झापा दमकका पृथ्वि सुब्बाको पनि उस्तै गुनासो रहेको छ । सुब्बा भन्छन ‘खाने पैसा पनि दिदैन , काममा पनि लगाउदैन ।’ कामदिएपनि तलब नदिएको उनले बताए ।

उनले परिवारलाई सम्पर्क गरेर श्रम मन्त्रालयमा मुद्दा समेत हालेको तर सुनुवाई नै नभएको बताए । सुब्बा हाल सेलाङगर राज्यको केलाङ सहरबाट नजिकमा रहेको श्री सन्तोसा भन्ने ठाउमा कम्पनीको होस्टेलमा बस्दै आएका छन् ।

कार्कि र सुब्बाको मात्र होईन लमजुङका दुर्गामान तामाङ, प्युठानका एम सी भट्ट, काठमाडौका हरी बहादुर कार्कि र आसामका दिपक सुनुवार लगायत दुई सय बढि युवाको मलेसियामा धन कमाउने आसा तुहिएको छ । कम्पनीमा काम नभएपछि घर फर्काउन पहल गरिदिन उनीहरुले आग्रह समेत गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी