काठमाडौं, १३ कार्तिक ।
१५ महिनासम्मको तलब नपाएपछि एक वर्षदेखि सर्वोच्च अदालतसम्म मुद्दा लड्दै आएका तीन दर्जनभन्दा बढी नेपाली कामदारलाई कतारमा प्रहरीले पक्राउ गरी डिपोर्टटेसन सेन्टर अर्थात घरफिर्ती केन्द्र मा लगेको छ ।
ती कामदार मेटल फार्मिङ सेन्टरबिरुद्ध उच्च अदालत हुदै सर्वोच्च अदालतसम्म मुद्दा लडिरहेका थिए । कामदारको बासस्थान (लेबर क्याम्प)मा बसिरहेका बेला मंगलबार मध्यरातमा आएर प्रहरीले पक्राउ गरी लगेको पीडित कामदार तेह्रथुमका रत्नकुमार नेपाली दूतावासलाई जानकारी गराउनु भएको छ ।
कार्यबाहक राजदूत मणिरत्न शर्माले दूतावासका प्रतिनिधिलाई खोज तथा अनुसन्धान विभाग (एसएफडी) मा पठाएर थप बुझ्ने काम भइरहेको जानकारि दिनुभयो ।
कमदारहरुले चार हजार रियालदेखि २५ हजार रियाल अर्थात ६ लाख ७५ हजार रुपैयाँ) सम्म तलब तलब पाउन बाँकी छ । पीडित कामदारले नपाएको तलबको लागि दुस्खकष्ट सहेर मुद्दा लड्दै गरेको अवस्थामा अन्तिम समयमा आएर पक्राउ गरेको प्रति चिन्ता व्यक्त गरेका छन् ।
पीडित कामदारले दूतावासले पहल गरेर आफूहरुलाई न्याय दिलाउन अपिल गरेका छन । दूतावासले पीडित कामदारको पक्षमा आफुहरु काम गर्ने बताएको छ ।